राष्ट्रिय दैनिक /नवलपरासी , १४ असोज
पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा नं. ६ का विपन्न महिलाहरुलाई बाख्रापालन तालिम सम्पन्न गरिएको छ ।
असल छिमेकी नेपाल संस्थाकाे अायाेजनामा सरावल ६ गुज्जर टोलका पुसौली समूहमा आवद्ध मुस्लिम समुदायका महिलाहरुलाई तीन दिनको बाख्रापालन तालिम दिएको हो।

तालिम समापन कार्यक्रमलाई सम्बाेधन गर्दै सरावल गाउँपालिकाका अध्यक्ष सुखाडी प्रसाद चौधरीले व्यवसायिक रुपमा बाख्रापालन गरी आयआर्जन गर्न आग्रह गर्नुभयो। घरमा एक दुईवटा बाख्रा पालेर जीविकोपार्जन नहुने भन्दै गाउँपालिका अध्यक्ष चौधरीले व्यवसायिक रुपमा अघि बढ्न चाहने कृषकलाई गाउँपालिकाले पनि सहयोग गर्ने बताउनुभयो ।
स्थानीय २४ जना महिलाहरुको सहभागिता रहेको उक्त तालिममा बाख्रामा नश्ल सुधार, खोर निर्माण तथा व्यवस्थापन, पोषण आहार रोगको पहिचान, बाँझोपन लगायतका विषयमा सरावल गाउँपालिकाका सेवा शाखा प्रमुख याम अर्यालले सहजीकरण गर्नुभएको थियो ।

ग्रामीण क्षेत्रका विपन्न महिलाहरुलाई व्यवसायिक कृषकको रुपमा अघि बढाउँदै आर्थिक अवस्था उकास्न सहयोग गर्ने उद्देश्यले तालिम सञ्चालन गरिएको असल छिमेकी नेपालका कार्यक्रम संयोजक पुरन सोती मगरले बताउनुभयो ।

उक्त अवसरमा संस्थाले महिला कृषकलाई बाख्रापालनका लागि आवश्यक चापट, भिटामिन लगायतका सामग्रीहरु प्नि वितरण गरेको गाउँपालिका अध्यक्ष चौधरीका स्वकीय सचिव सन्जय माैर्यले जानकारी दिनुभयो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

