Rashtriya Dainik

मष्टा गाउँपालिका १ का अनाथ बालबालिकालाई दशै खर्च स्वरूप जनही २५ सय नगद हस्तान्तरण

दोरेन्द्र खड्का ,बझाङ
बिजया दशमीको २०७९ को अबसरमा मष्टा गाउपालिका वडा नम्बर १ ले आज शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ । कार्यक्रममा मष्टा गाउपालिका वडा नम्बर १ का आमा बुबा नभएका १२ जना अनाथ बालबालिका दशै खर्चको लागी जनहि २५ सयका दरले नगद बितरण गरीएको छ।बर्षको एकपटक आउने नेपालीहरुको महान चाड बिजया दशमिमा सबैले खुसियाली सँग मनाउन पाउन भन्ने उदेश्यले उक्त रकम बितरण गरीएको वडा नम्बर १ का वडा अध्यक्ष रोकायाले बताउनुभयो ।

आमाबुबा नभएका बालबालिकाहरुलाई स्थानीय सरकारले अभिभाबककै भुमिका निर्बाह गर्नुपर्न भएकाले अभिभावकतब बोध गराउन सानो पयास गरेको उहाले बाउनुभयो ।

कार्यक्रममा शुभकामना आदान प्रदान समेत गरीएको छ । कार्यक्रममा मष्टा गाउपालिका १ भित्रका समाजसेबि बुद्धिजिबी लगाएत वडा बासीको बाक्लो उपस्थिति रहेको थियो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित