तुलसीराम पौडेल -रुपन्देही ,असोज १३
घरेलु कार्यालय रुपन्देहीले असोज १ देखि नै चाडपर्व लक्षित दैनिक बजार अनुगमनलाई जोड दिन थालेपछि जिल्लाका अन्य निकायहरु पनि बजार अनुगमनलाई विशेष प्राथमिकता दिन थालेका छन् । बिहीवार जिल्ला प्रशासन कार्यालय रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी राम चन्द्र अर्यालको संयोजकत्वमा घरेलु तथा साना उद्योग कार्यालय, बाणिज्य कार्यालय, खाध्य तथा गुण नियन्त्रण कार्यालय, जिल्ला प्रहरी कार्यालय, तिलोत्तमा नगरपालिका तथा सरोकारवाला निकायको सहभागिता रहेको थियो। संयुक्त अनुगमन टोलीले तिलोत्तमा नगरपालिकाका विभिन्न बजार क्षेत्रमा अनुगमन गरेको थियो। अनुगमनका क्रममा नक्कली खरिद बिल पेश गर्ने र म्याद गुज्रिएको सामान बेचबिखन गर्ने व्यबसायीलाई स्थलगत रुपमा जरिवाना समेत गरिएको थियो ।
तिलोत्तमाकै भलवारी र कोटिहवा क्षेत्रमा पनि व्यावसायिक मुल्यमान्यता बिपरितका गतिबिधी गरिएको पाइएकोले ब्यबसायीलाई सचेत बनाउने, चेतावनी दिने जस्ता प्रवर्द्धनात्मक कार्यहरू गरिएको थियो!
नब नियुक्त सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र अर्यालले संयुक्त बजार अनुगमन गर्ने कार्यलाई तिब्रता दिनुभएको छ। चाडपर्वमा मात्र नभई अब हरेक महिना कडाइका साथ नियमित रुपले बजार अनुगमन गरिने सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र अर्यालले बताउनु भयो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

