Rashtriya Dainik

बर्दघाट नगरपालिकामा सुर्तिजन्य पदार्थ नियन्त्रण तथा नियमन सम्बन्धि अभिमुखीकरण

नवलपरासी , १३ असाेज

पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकामा जनप्रतिनिधि,कर्मचारी र पत्रकार बीच सुर्तिजन्य पदार्थ नियन्त्रण तथा नियमन सम्बन्धि अभिमुखीकरण गरिएकोे छ।

कार्यक्रममा सहभागीलाई सुर्तिजन्य पदार्थ नियन्त्रण तथा नियमन सम्बन्धि ऐन बारे जानकारी दिन अभिमुखीकरण गरिएको हो।पालिकामा नयाँ जनप्रतिनिधि आएको र कर्मचारीलाई समेत पुर्नताजगि गर्न आवश्यक रहेकाले कार्यक्रम गरिएको आयोजकले जनाएको छ।

बर्दघाट नगरपालिकाका प्रमुख प्रशाशकिय अधिकृत कृष्ण प्रसाद सापकोटाको अध्यक्षता तथा नगर प्रमुख शम्भुलाल श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा बोल्दै नगर प्रमुख श्रेष्ठले सुर्तिजन्य पदार्थ हानिकारक रहेको सबैलाई थाहा हुदाँ हुदै पनि सचेतनामा कमि हुनु दुखद रहेको बताउनु भयो।उहाले नगरपालिकाले योजनाबद्ध ढंगबाट सुर्तिजन्य पदार्थ लाई नियन्त्रण तथा नियमन गर्ने बताउनु भयो।

कार्यक्रममा बिशेश अतिथी नगर उपप्रमुख रुद्र प्रकाश उपाध्यायले यस अघि २०७४ सालमा जनप्रतिनिधिहरुले नगरपालिकाको पहिलो नगर सभाले गरेको निर्णयलाई कार्यान्वयन गर्दै नियन्त्रणका लागि नयाँ ढंगबाट काम गर्न चाहेको उल्लेख गदै जनप्रतिनिधि,कर्मचारी र सरोकार वाला बिचको सहकार्यबाट मात्र नगरमा प्रभावकारी काम हुने बताउनु भयो।

कार्यक्रम प्रमुख प्रशासकीय अधिकुत कृष्ण प्रसाद सापकोटाले विगतका निर्णय राम्रो भएतापनि सार्थकता पाउन नसकेको बताउदै निर्णय कार्यान्वयनमा प्रतिबद्ध हुनुपर्ने बताउनुभयो।

कार्यक्रममा शिक्षा शाखा प्रमुख लोक नाथ पन्थी,पत्रकार रामु भुसाल,जनप्रतिनिधि लगाएतले मन्तब्य राख्नु भएको थियो।

सो अबसरमा नगरका स्वास्थ्य शाखा प्रमुख माधव ज्ञवालीले नगरमा पाउचमा प्याकेजिङ गरिएका सुर्तिजन्य पदार्थ निषेध गर्न निर्णय गरेको बताउदै प्लाष्टिक पाउचमा गुटखाका प्याकेटका कारण नगरको सौन्दर्य बिग्रने र दुर्ब्यसनिकै शुरुवात गुट्खाबाट हुदै आएकोले सुर्ति तथा गुट्रखा बिक्रि वितरणमा पुर्ण प्रतिबन्ध लगाईएको बताउनु भयो।

सुर्ति तथा गृटखा सेवनबाट लाग्ने प्राणघातक रोगबाट बच्न र बचाउन यो अभियान ले मद्धत गर्न उदेश्यले यो अभियान सचालन गरिएकोमा अभियानलाई निरन्तरता दिनुपर्ने बताउनु भयो।

गत २०७७ साउन १ गतेबाट नगरमा पाउचमा प्याकेजिङ गरिएका सुर्तिजन्य पद्धार्थ बिक्रि वितरणमा रोक लगाइए पनि त्यो सार्थक हुन नसकेको सरोकारवालाहरुले बतायका थिय।

कार्यक्रमको सहजीकरण स्वास्थ शाखाका प्रमुख माधव ज्ञवालि र कृष्ण हरि पौडेलले गर्नु भयको थियो।सरकारी कार्यालयको एक सय मिटर आसपासको क्षेत्रमा सुतिजन्य पदार्थ बेच्न नपाइने,ऐनमा भएतापनि अनुगमनको पाटो फितलो हुदा सो कागजमा मात्र सिमित भएको र यस्ता कार्यक्रमले सुर्तीजन्य पदार्थ नियन्त्रण गर्न अभियानले तिब्रता पाउनु पर्ने सहभागीहरुले बताएका छन।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित