Rashtriya Dainik

भारतीय प्रहरीको थुनुवा कोठाबाट फरार भए नेपाली गाँजा तस्कर

राजन कुमार बानिया /पर्सा , १२ असोज
नेपाल भारतको सिमा नाका ईनार्वा एसएसबीले ४२ किलो ग्राम लागू अौषध गाँजा समेत पकाउ गरेका नेपाली गाँजा तस्कर ईनार्वा प्रहरीको थुनुवा कोठाबाट फरार भएको छ । फरार भएका गाँजा तस्कर पर्सा जिल्लाको जगरनााथपुर गाउँपालिका को जानकिटोल दसौता गाउँ निवासी २५ वर्षिय अात्मा राउत रहेको छ।ईनार्वा थाना प्रभारी प्रकाश कुमार का अनुसार अात्मा राउतले सोमबारको साझ मोटरसाईकलमा नेपालबाट गाँजा लिएर भारत तर्फ अाईरहेको अस्थामा चेकजाँच गर्ने क्रममा ईनार्वा एसएसबीले ४२ किलो गाँजा समेत पक्राउ परेको थियो । एसएसबीले ईनार्वा थानामा बुझाएको थियो । मंगलबारको साझ गाँजा तस्कर ईनार्वा प्रहरीलाई बुझाएको थियो। प्रहरीको थुनावा कोठाबाट सुरक्षामा खटेका प्रहरीलाई चकमा दिएर फरार भएको छ।फरार तस्करको खोजतलास भईरहेको छ

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित