Rashtriya Dainik

सरावलमा डेंगु रोग नियन्त्रण अभियान : लार्भा खोजी गरी लार्भाहरू नष्ट गरिने

राष्ट्रिय दैनिक / नवलपरासी , ११ असाेज

पश्चिम नवलपरासीको सरावल गाउँपालिकामा डेंगु रोग नियन्त्रण र रोकथामको लागि अभियान सञ्चालन हुने भएको छ।

पालिकाले असोज ११ गते मंगलबार (अाज ) देखि वडा वडामा डेंगु रोग नियन्त्रण र रोकथामको लागि अभियान सञ्चालन हुने भएको हो।

पालिकाले वडा-वडामा अभियान नै सञ्चालन गरेर लामखुट्टेको बासस्थान र लार्भा खोजी गरी लार्भाहरू नष्ट गर्ने सरावल स्वास्थ्य शाखाका प्रमुख अाेम नरायण देवकोटाले बताए।

पालिकाले लार्भा खोजी गरी लार्भाहरू नष्ट गर्ने अभियानको रुपमा सञ्चालन गरिने विपद ब्यवस्थापन शाखा संयाेजक अब्दुल रज्जाक राइनले जानकारी दिए ।

सरावल गाउँपालिकाले जिल्लामा दिनप्रतिदिन विरामी बढ्दै गएको भन्दै पालिकाले पालिकास्तरीय डेंगु रोगसम्बन्धी अभिमुखिकरण अन्तरक्रिया तथा छलफल कार्यक्रम सरोकारवालसँग गरेको छ।

स्वास्थ्यकर्मी ,जनप्रतिनिधि , सुरक्षाकर्मी , पत्रकार र विभिन्न शाखा प्रमुख , समाजसेवी सहितको व्यापक सहभागितामा लामखुट्टेको बासस्थान र खोजी गरी लार्भाहरु नष्ट गर्ने योजनाका साथ अभिमुखिकरण गरि अाजदेखी अभियान सन्चालन गर्ने पालिका अध्यक्ष सुखाडी प्रसाद चाैधरीले बताए । जहाँ-जहाँ पानी जमेको स्थान र फोहारमैला जम्मा भएका स्थानमा गई लामखुको वासस्थान र खोजी गरी लार्भाहरु नष्ट गर्ने उनले जानकारी दिए।

जिल्लामा डेंगु रोग फैलिएको र मृत्युदर समेत भइरहेको अवस्थामा सचेत भएर उचित कदम चाल्नुपर्ने उपाध्यक्ष बासमति हरिजनले जोड दिएकी थिइन

दिनप्रतिदिन रोग बढ्दै गएकोले यसवाट बच्नुपर्ने अवस्था आएको प्रमुख प्रशासकीय अधिकृत दुर्गा पाैडेलले बताए।

डेंगु रोग लागेमा एक्कासी उच्च ज्वराे आउने, मांसपेशी, टाउको तथा जोर्नीहरू दुख्ने, थकान महसुस हुने, वान्ता हुने जस्ता लक्षणहरु देखिएमा डेंगु हुन सक्ने भएकोले यस्तो लक्षण देखिएमा तुरुन्त स्वास्थ्य चोकीमा गइ स्वास्थ्य परीक्षण गराउन पौडेलले सुझाव दिएका थिए।

यसबाट बच्नका लागि लामखुट्टेकाे टाेकाइबाट बच्ने हो, जसका लागि झुल भित्र लुक्ने, पूरा बाहुला भएको कपडा लगाउने, आफ्नो घर वरिपरि रहेका खाल्डाखुल्डीमा पानी जम्न नदिने लगायतका रहेका छन्।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित