Rashtriya Dainik

लक्ष्मी नारायण टोल विकास संस्था रामग्राम ३ परासीको अध्यक्षमा पुन : विकास घिमिरे

राष्ट्रिय दैनिक / नवलपरासी , १० असोज ।

पश्चिम नवलपरासीको रामग्राम नगरपालिका वडा नम्बर ३ परासीमा अवस्थित लक्ष्मी नारायण टोल विकास संस्था अध्यक्षमा पुन : विकास घिमिरे चयन हुनुभएको छ।

टोल विकास संस्थाको १३ औं साधारणसभा एवं पाँचौ अधिवेशनले पुनःविकास घिमिरेको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्य समिति चयन गरेको छ ।

नवगठित समितिको वरिष्ठ उपाध्यक्षमा शैलेन्द्र मिश्रा, उपाध्यक्षमा कमला उपाध्याय, सचिवमा गणेशराज रेग्मी, सहसचिवमा विष्णु श्रेष्ठ, कोषाध्यक्षमा देवेन्द्रमान सिंह बस्नेत, वरिष्ठ सदस्यमा ओमप्रकाश तिवारी, सदस्यमा लक्ष्मी श्रेष्ठ, गणेश कुमारी चौधरी, श्यामप्रसाद पन्थ, सुरेन्द्र दवाडी चयन हुनुभएको छ ।

टोल विकास संस्थाका अध्यक्ष विकास घिमिरेको अध्यक्षता तथा वडा नं. ३ का वडा अध्यक्ष उज्वल न्यौपाने (बेबी) को प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा निवर्तमान कार्यबाहक वडा अध्यक्ष सुरज पाण्डेय, संगम टोल विकास संस्थाका अध्यक्ष खगेश्वर पन्थी, मालटोल टोल विकास संस्थाका अध्यक्ष महेश्वर श्रेष्ठ लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।

सभाले आर्थिक प्रतिवेदन पारित गर्नुका साथै विभिन्न पाँच वटा प्रस्ताव माथि छलफल गर्दै सर्वसम्मत पारित गरेको जनाएको छ ।

कार्यक्रममा बोल्ने वक्ताहरुले टोल विकास संस्थाको भूमिका बढाउनुपर्नेमा जोड दिएका थिए । विगतमा टोल विकास संस्थाबाटै विकास योजना समेत सञ्चालन हुने गरेकोमा स्थानीय निर्वाचनपछि टोल विकास संस्थाहरु भूमिका विहीन जस्तै बन्न पुगेकोले टोल विकास संस्थाको परिचालन गरेर नगरका सेवा तथा विकास नगरवासीले नजिकबाट अनुभूति गर्ने अवसर प्रदान गर्नुपर्नेमा वक्ताहरुको जोड थियो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित