Rashtriya Dainik

टिकट पाउने उम्मेद्वारहरुलाई जिताउन सबै दत्तचित्त भएर लाग्न नेता कण्डेलकाे आग्रह

राष्ट्रिय दैनिक / नवलपरासी , १० असाेज

नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य देबेन्द्रराज कण्डेलले मङ्सिर ४ गते हुने संघिय र प्रदेश निर्वाचनमा नेपाली काङ्ग्रेसबाट टिकट पाउने उम्मेदवारलाई जिताउन दत्तचित्त भएर लाग्न सबै नेता कार्यकर्ताहरुलाई आग्रह गर्नु भएको छ ।

नेपाली काङ्ग्रेस क्षेत्रीय कार्यसमिति प्रतिनिधिसभा क्षेत्र नम्बर २ नवलपरासीले अायाेजना गरेको संघिय अगुवा कार्यकर्ता भेटघाट (क्षेत्रीय कार्यसमिति प्रतिनिधिसभा बैठक ) मा बोल्दै काङ्ग्रेस नेता कण्डेलले आउने चुनाबमा पश्चिम नवलपरासी जिल्लाबाट नेपाली काङ्ग्रेस पार्टीबाट जसले टिकट ल्याए पनि जिताउन हुन अाग्रह गर्दै चुनाबि महाअभियानमा लाग्न सबैलाई आग्रह गर्नु भएको हो । कंडेलले टोलटोलबाट नेपाली कांग्रेसलाई जिताउन सहयोग गर्न आग्रह गर्नुभयो । उहाँले नेपाली काँग्रेसका आधिकारीक उम्मेदवारलाई अन्तरघात र असहयोग गर्नेलाई पार्टीले फिल्डबाटै कारबाही गर्ने चेतावनी समेत दिनुभयो ।

कार्यक्रममा नेपाली काङ्ग्रेसको वरिष्ठ जिल्ला सदस्य माेहन प्रसाद शर्मा , काङ्ग्रेस नेता राधेश्याम पाठक , देवराज भण्डारी ,लुम्बिनी प्रदेशसभा सदस्य बैजनाथ जैसवाल लगाएतका बक्ताले संगठन मजबुत हुने गरि चुनाबि गतिविधिहरुलाई गाउँ टोलमा तिब्र पार्दै उत्साहित भएर चुनावी अभियानमा लाग्न सबैलाई अनुरोध गर्दै चुनाब केन्द्रित सुझाब राख्नु भएको थियोे ।

कार्यक्रम नेपाली काङ्ग्रेस क्षेत्रीय कार्यसमिति प्रतिनिधिसभा क्षेत्र नम्बर २ सभापति माधव पाण्डेयको सभापतित्व र सचिव भरत पौडेलको सञ्चालनमा सम्पन्न भएको थियो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित