Rashtriya Dainik

नवरात्र अारम्भसंगै शहरदेखी गाउँसम्मकाे चाेक चौराहामा दुर्गा भवानीको प्रतिमा

उमेश बि.क / नवलपरासी , १० असाेज

दसैंमा नवरात्र पूजाका लागि घटस्थापनाका दिन शहर र गाउँका चौकचौकमा दुर्गा भवानीको प्रतिमा राखिएको छ ।

घटस्थापनाको दिन सार्वजनिक स्थानमा दुर्गाको प्रतिमा राखेर पूजा सुरु गरिन्छ । एउटै टोल र गाउँमा दुई÷तीन मुर्ति राखिएका छन् । गाउँकाे चोकचोकमा दुर्गा स्थापना गरिएको छ । पश्चिम नवलपरासीको विभिन्न स्थानमा २५ हजार देखि ७५ हजारसम्मका मुर्ति खरिद गरिएका छन् ।

कतिपय ब्यक्तिगत रुपमा मुर्ति राखेका छन भने कतिपय सामुदायिक रुपमा मुर्ति किन्न गाउँभरीका घरघरबाट पैसा उठाइएको छ ।

पूजाका लागि आवश्यक पर्ने समाग्रीका लागि पनि सामूहिक रकम जम्मा गरिएको छ । घटस्थापनादेखि नौ दिन नवरात्रसम्म निरन्तर सार्वजनिक रुपमै पूजा गर्ने व्यवस्था मिलाइएको छ । ‘दुर्गा माताको मुर्ति खरिद गरेर गाउँको बीचमा राखिसक्यौँ । नौ दिनसम्म पूजा हुन्छ,’ नवलपरासीको पाल्हिनन्दन २ हरपुरका रन्जित शर्मा भन्छन् ,‘साँझ बिहान पूजा गरिन्छ । राति सांस्कृतिक कार्यक्रम गरेर रमाईलो गर्छौ ।’

पश्चिम तराईका जिल्लामा दुर्गाको मुर्ति राख्ने परम्परा सुरुमा मधेसी समुदायमा थियो । हाल थारु र पहाडी समुदायले पनि मुर्ति राखेर पूजा गर्ने परम्परा बनेको छ । दुर्गाको मुर्ति राखिएपछि शहर गाउँमा चहलपहल बढेको छ । स्थानीयहरु रमाई रहेका छन् । नाचगान नहुने गाउँमा दुर्गाको मुर्तिले रौनकता थपेको छ । गाउँहरुमा रातिका समयमा चहलपहल बढेको छ ।

दसैं सकिएको भोलिपल्ट नजिकैको नदी खोलामा मुर्ति बिसर्जन गर्ने चलन छ । सयौं मुर्तिहरु एकसाथ सेलाउँदा हजारौको भिड लाग्ने गरेको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित