Rashtriya Dainik

लियो क्लब अफ रामनगरद्वारा गमला हस्तान्तरण

महेश यादव / नवलपरासी , १० असाेज

पश्चिम नवलपरासीको लियो क्लब अफ रामनगरद्वारा गमला हस्तान्तरण गरिएको छ । क्लबका अध्यक्ष रुपेश गाैतमकाे अध्यक्षता तथा लायन्स क्लब अफ रामनगरका अध्यक्ष बलराम चापागाईंकाे प्रमुख अतिथतामा लियो क्लब अफ रामनगरद्वारा गमला हस्तान्तरण गरिएको हाे ।

सुनवल -१२ भुमही को दुर्गा मन्दिरमा आज विजया दशमी एवं घटस्थापनाकाे शुभ अवसरमा लियो क्लब अफ रामनगरद्वारा गमला हस्तान्तरण संगै नवरात्रि पुजा तयारीमा समेत सहयोग गरिएको छ ।

साे अवसरमा बाेल्दै प्रमुख अतिथि चापागाईंले लियो क्लब अफ रामनगरले समाजमा गरिरहेकाे उदाहरणीय कार्य प्रति खुसी ब्यक्त गर्दै क्लबका सम्पूर्ण टिमलाई धन्यवाद ज्ञापन समेत गर्नुभयो । साथै उहाँले क्लबले समाज सुधार र समुदायको विकासका लागि गरिरहने हरेक कार्यमा साथ सहयोग दिने बताउनुभएको थियोे ।

यस्तै क्लबद्वारा भुमही चोक सरसफाई कार्यक्रम पनि सम्पन्न गरेका छन्। कार्यक्रम सञ्चालन क्लबका सहसचिव दिवस सुनारले गरेका थिए ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित