Rashtriya Dainik

माता दुर्गा भवानीको लंगडी चौकबाट निस्कयो जलयात्रा

राजन कुमार बानिया / पर्सा १० असोज
पर्साको धोबिनी गाउँपालिका वडा नं ४ लंगडी चौकमा बिजयादशमी, नवरात्री अवसरमा हुन लागेको माता रानी दुर्गा भवानी को अाज घटस्थापनाको पहिलो दिन जल यात्रा धुमधामको साथ निकालिएको थियो।
जलयात्रामा ४ सय जना कन्या कुवारीहरुले जल यात्रामा सहभागी भएका थिए।
जलयात्रा लंगडी चौकमा रहेको माता दुर्गा भवानीको पुजा स्थलबाट निसकेको जलयात्रा लंगडी , बखरी गाउँ परिक्रमा र देबी देवताहरुलाई पुजा गरि लंगडी गाउँको छठियाघाट सिकटा खोलामा गएर जल भरेर दुर्गा भवानीको स्थलमा फर्केको थियो। जलयात्रामा बाजा गाजाको साथमा निसकेको जलयात्रामा पंडित केदार पाण्डे,वडा अध्यक्ष अबास मियाँ, दुर्गा पुजा समितिका बिरेन्द्र साह कलवार ,कमरुल मियाँ ,हरेन्द्र साह कानु, राजेन्द्र साह, लालबाबु पटेल, राममुर्ती साह,पत्रकार लालबाबु बानिया,राजन बानिया,प्रदिप पटेल,रोशन चौरसिया,पिन्टु पटेल,राजकिशोर गुप्ता,मुना सहनी,सामबाबु पटेल,लगायत हजारौको संख्यामा कुवारी कन्या ,महिला, बालबालिका ,पुरुष,युवा लगायत हजारौको सहभागिता रहेको थियो।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित