ज्ञानेश्वर सहानी / नवलपरासी / असोज १०
जिल्ला प्रहरी कार्यालय नवलपरासीले चाडपर्वलाई लक्षितगरि सुरक्षा योजना सार्वजनिक गरेको छ । चाड पर्वमा सम्भावित अपराधिक घटना नियन्त्रण तथा दुर्घटना रोक्न, प्रहरीको कामलाई प्रभावकारी बनाउन प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी नायव उपरीक्षक भोजराज पाण्डेयले जानकारी दिनुभएको छ ।
अरुबेला भन्दा चाडपर्वमा सुरक्षाकर्मी बढाइएको पाण्डेयले बताउनुभयो हो । अवैध गतिविधि गर्नेहरुलाई ठाउँको ठाउँ कारवाही गर्नेगरी प्रहरी चौबीसैं घण्टा आम नागरिकको सुरक्षामा खट्ने उनको भनाई छ भने भारतबाट आफ्नो घर फर्कने क्रममा सीमा क्षेत्रमा ठगिने, लुटपाट हुने, हैरानी खेप्नुपर्ने, जस्ता काम नहोस् भनेर पोशाकका प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी नायव उपरीक्षक भोजराज पाण्डेयले बताउनुभएको छ।
आर्थिक कारोबार बढी हुने सुनचाँदी पसलहरु, बैंक तथा वित्तीय संस्थामाथि सुरक्षा निगरानी वृद्धि गर्ने, स्वदेश फर्किने नेपालीहरूमाथि सीमा नाकामा हुनसक्ने हैरानी, लुटपाटलाई मध्येनजर राखी सुरक्षा सतर्कता बढाउने र नेपाल फर्कन सहजीकरण गर्ने, आवश्यकता अनुसार मुख्य राजमार्गमा रातको समयमा गस्ती र चेकिङ गर्ने कार्य प्रहरीले शुरु गरेको जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी उपरीक्षक ऋषिराम कँडेलले बताउनुभएको छ ।
शुक्रबार जिल्लामा यात्रुको सहजताका लागि सहजीकरण गर्न जिल्लाको भैरहवा देखि भुमहि महेशपुर देखि सुनवल जाने वाईपास परासीमा यात्रु सहायता कक्ष स्थापना गरिएको पाण्डेयले जानकारी दिनुभयो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

