बर्दघाट, १० असोज ।
पश्चिम नवलपरासीको बर्दघाटमा टि भि एस मोटससाइकल र स्कुटरको शो रुम सँचालनमा आएको छ ।
फुट प्रिन्ट अटो हव प्रा.लि.ले शो रुम सँचालनमा ल्याएको हो । जगदम्बा मोटर्सको आधिकारिक विक्रेताको रुपमा घटस्थापनाको दिन पारेर शो रुम उद्घाटन गरिएको सँचालक विवेक भट्टराइले जानकारी दिए ।
शो रुमको एक कार्यक्रमका विच लुम्बिनी प्रदेश साँसद दिपेन्द्र कुमार अधिकारीले उद्घाटन गरेका हुन । युवा ब्यवशायी विवेक भट्टराइ र ज्ञानेन्द्र पाैडेलकाे संयुक्त लगानीमा सँचालनमा आएको शो रुममा टि भि एस कम्पनीबाट उत्पादित दुइ पाँग्रे मोटरसाइकल र स्कुटर विक्रि गरिने अर्का सँचालक भट्टराइले जानकारी दिए ।
उद्घाटन कार्यक्रममा बोल्दै साँसद अधिकारीले देशको अर्थ ब्यवस्था नाजुक हुँदै जाँदा ब्यवशायिक सफलता प्राप्त गर्न केहि समस्या आए पनि लगनशिल भएर काम गर्दा सफलता मिल्ने बताए । कार्यक्रममा बर्दघाट नगरपालिकाका निवर्तमान नगर प्रमुख धीरज शर्मा, वडा नम्बर ४ का निवर्तमान अध्यक्ष रविन्द्र विक्रम हमाल, बर्दघाट उद्योग वाणिज्य सँघका अध्यक्ष लेखनाथ न्यौपाने लगायतले ब्यवशायिक सफलताको शुभकामना ब्यक्त गरेका थिए ।
कम्पनीका उत्पादनको बारेमा अर्का सँचालक ज्ञान प्रसाद पौडेलले जानकारी गराएका थिए । उद्घाटन र दशै तिहारको अवसरमा शो रुमले विभिन्न स्कीमहरु प्रदान गरेको छ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

