Rashtriya Dainik

प्रतापपुर गाउँपालिकाले स्थापना गर्यो पत्रकार कल्याण कोष

नवलपरासी , ८ आसोज । पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकाले पत्रकारहरुको लागि कल्याणकोष स्थापनाका लागि बजेटद विनियोजना गरेको छ । जनताको सुचना,सञ्चारको अधिकार प्रयात्याभुत गराउनमा निरन्तर खटिरहने पत्रकार राज्यबाटै खासै कुनै सेवा सुविधान नपापाउने गरेको अवस्थालाई महशुस गर्दै गाउपालिकाले आफ्नो बजेट कार्यक्रममै राखेर सो बजेट विनियोजन गरेको हो ।
कृयाशिल पत्रकारहरुलाई पर्न सक्ने समस्याको बेला गाउपालिकाले सहयोग गर्न सकोस भनेर पत्रकार कल्याणकोष स्थापाना गर्नका लागि बजेट विनियोजन गरिएको गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत चिरन्जिवी घिमिरेले बताए । गाउपालिकाले कल्याणकोषका लागि यो बर्ष रु.पाँच लाख बजेट विनियोजन गरिदिएको छ, उनले भने, कार्यविधि बनाएर कृयाशिल पत्रकारलाई सो रकम कल्याणमुखी कार्यका लागि उपलब्ध गराउन सक्ने छ । उनका अनुसार विरामी,घाईते लगायतको बेला पत्रकारलाई राहत मिलोस भनेर यस्तो सोच गाउपालिका अध्यक्ष उमेशचन्द्र यादवले ल्याएका थिए । यसमा गाउ कार्यपालिका समेत सहमती जनयो र गाउसभाले पास गरेको छ ।
पत्रकारको क्षमता अभिवृद्धि,लेखनवृति,पुरस्कार आदी धेरै पालिकाले बजेट बिनियोजन गर्दै आए पनि जिल्लामा पत्रकार कल्याणकोष स्थापना गर्ने सम्भवतः पहिलो गाउपालिका भएको पत्रकार महासंघका पुर्व अध्यक्ष टिकाराम गैरेले बताए । पत्रकारमैत्री पालिकाको परिचय प्रतापपुरले दिएको छ,उनले भने, यो अति सराहनिय कार्य हो । अरु पालिकाले पनि यसको अुनकरण गर्दै यस्ता पत्रकार कल्याणकोषको स्थापना गर्न सक्ने उदाहरणिय कार्य भएको उनको भनाई थियो । दिन रात नसम्झी पत्रकार जोखिम मोलेर सुचना पत्ता लगाउने र समाचार बनाएर जनता माझ पस्किने कार्य गर्छन्,तर पत्रकार संकटको बेला अन्यसँग सहयोगको याचना गर्नु पर्ने बाध्यता पनि देखिने गरिएको छ ।
राज्यको चौथो अंगको रुपमा समाज र सरकारले स्वीकार गर्ने तर चौथो अंगमा कृयाशिल पत्रकार जगतलाई आवश्यकता अनुसार जिविकोपार्जनको आधार र संकटको बेला सहयोग कमै पाउने गरेका छन् । अहिले प्रतापपुर गाउपालिकाले स्थापना गर्न लागेको पत्रकार कल्याणकोषले पत्रकारिता क्षेत्रमा लागेका पत्रकारलाई काम गर्नमा थप उत्साही बनाउने उनको भनाई थियो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित