जनता आवासको अर्बौं रुपैया प्रदेश २ सरकारले लुट्यो संघिय सांसद : प्रभु साह

मंसिर २४ गते / रौतहट

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता एवम रौतहट क्षेत्र नम्बर ३ को संघीय सांसद प्रभु साहले प्रदेश २ सरकारले जनता आवस निर्माण कार्यक्रमको अर्बौं रुपैया लुटेको आरोप लगाएका छन् ।

रौतहटको गौरमा मंगलबार आयोजित दलित अगुवा कर्याकर्ता भेलालाई सम्बोधन गर्दै नेता साहले दलित समुदायको घर निर्माणका लागि केन्द्रीय सरकारले बिगत तीन बर्षदेखि पठाइएको अर्बौं रुपैया घरै निर्माण नगरी लुटेको आरोप लगाएक छन् ।

संघीय सरकारले बिगत तीन बर्षदेखि पठाएको अर्बौं रकमले कति दलितको घर निर्माण भयो भन्दै उनले प्रदेश २ सरकारसंग जवाफ माग गरेका छन् ।

“घरवारविहीन दलित समुदायको घर निर्माणका लागि संघीय सरकारले अर्बौं रकम तीन बर्ष देखि पठाइएको छ” साहले भने, “तर प्रदेश सरकारको लापरबाहीले दलित समुदायको घर बन्न सकेको छैन ।”

नेकपा प्रदेश २ का अध्यक्ष समेत रहेका नेता साहले अहिले हजारौं दलित समुदायको सो योजना अनुसार घर बनाउन सकिने बताउदै संघीय सरकारले पठाएको रकम कहा गयो भन्दै प्रश्न समेत उठाएका छन् ।

प्रदेश सरकार यहाँका जनताको शिक्षा, स्वास्थ्य, आवास, रोजगार जस्ता समस्या समाधान गर्न असमर्थ रहेको उनलेे बताए । सोही कारण अन्य प्रदेशको तुलनामा प्रदेश २ पछाडी परेको उनले बताए ।

नेता साहले प्रदेश २ को ८ वटै जिल्लामा दलित समुदायको घर निर्माणका लागि जनता आवास निर्माण कार्य प्रभावकारी रूपमा हुनुपर्ने बताए ।

“जनता आवास निर्माण कार्यक्रमले दलित समुदायलाई प्रत्येक्ष रूपमा सहयोग पुग्छ” साहले भने, “यो कार्यक्रम प्रदेश २ को ८ वटै जिल्लामा तुरुन्त नै शुरु हुनुपर्छ ।”

प्रदेश २ को ८ वटै जिल्लामा जनता आवास निर्माण कार्यक्रम तुरुन्त नै शुरु नगरिए प्रदेश सरकारको विरुद्धमा जनता नै सडकमा आउने चेतावनी उनले दिए । उक्त कार्यक्रममा सभापतित्व रामनाथ माझीको रोहबरमा
मा भएको कार्यक्रममा
संघीय सासद मा. समिना हुसेन,
मा. कुन्दन कुशवाहा,मा.प्रभू साहको स्वकीय सचिव बिजय यादव निर्बिज, उपमेयर प्रनिया देवी पटेल, उपमेयर गीता देवी, प्रदेश कमिटि सदस्य सम्भु साह, प्रदेश सदस्य अमर साह, प्रदेश सदस्य चन्देश्वर बैठा, सोनालाल राम , नेता उपेन्द्र साह, राजकिशोर यादव, रामपुकार दास , सदानन्द राम र पत्रकार बुधिजीबी आम जनता लगायतका आदरणिय व्यक्तित्वहरू को उलेखनीय उपस्थीती थीयो।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot