प्रतापपुर गाउँपालिकामा विश्व हात धुने दिवस

राष्ट्रिय दैनिक / नवलपरासी ,३० असाेज

प्रतापपुर गाउँपालिकामा विश्व हात धुने दिवस विशेष कार्यक्रम सम्पन्न भएको छ ।

गाउँपालिका, मेड नेपाल, इन्द्रेणी सामाजिक विकास मञ्च र कालिका स्वावलम्बन सामाजिक केन्द्रकाे संयुक्त अायाेजनामा कार्यक्रम सम्पन्न भएको हाे ।

गाउँपालिकास्तरिय खानेपानी, सरसफाइ तथा स्वच्छता (वास) समन्वय समितिका अध्यक्ष तथा कार्यदल संयाेजक गाउँपालिकाका कार्यबाहक अध्यक्ष अञ्जु कुमारि चाैधरिकाे अध्यक्षतामा भएको कार्यक्रममा इन्द्रेणी सामाजिक विकास मञ्चका नारायण भण्डारीले स्वागत गर्दै विश्व हात धुने दिवस मनाउनुकाे अाैचित्यमाथि प्रकाश पार्नु भएको थियाे ।

मेड नेपालका मिरा थापाले हात धुनुका फाइदाबारे जानकारी गराउदै हात धुने तरिका सिकाउनु भएको थियाे । गाउँपालिकास्तरिय खानेपानी, सरसफाइ तथा स्वच्छता (वास) समन्वय समितिका अध्यक्ष तथा कार्यदल संयाेजक गाउँपालिकाका कार्यबाहक अध्यक्ष अञ्जु कुमारि चाैधरिले सहि तरिकाले साबुनपानीले मिचिमिचि ३० सेकेन्डसम्म हात धुदा मात्रै पनि धेरै राेगबाट वचन सकिने हुदाँ यसबारे सबैलाई बुझ्न र बुझाउन जरुरि रहेकाे बताउनु भयाे ।

गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख ऋषिदेव चाैधरिले काेभिड १९ काे यस अवस्थामा हात धुनुकाे महत्त्व झन बढेकाे बताउदै गाउँ गाउँमा हात धुने तरिका सिकाउन कार्यक्रम गर्नुपर्ने बताउनु भयाे । कार्यक्रममा सहभागीहरुलाई हात धुने तरिका सिकाउदै साबुन समेत वितरण गरिएको थियाे ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot