रन्जीत शर्मा / नवलपरासी / २० मंसिर । पश्चिम् नवलपरासीको पाल्हिनन्दन गाउपालिकाका १३ घरधुरीमा बायो स्याण्ड फिल्टर वितरण गरिएको छ । पाल्हिनन्दन गाउपालिका वडा न० ६ का अति गरिब तथा विपन्न परिवारलाई इन्द्रेणी सामाजिक बिकास मंचको आयोजना तथा युनाइटेड मिसन नेपाल , अस्ट्रेलियन एड , ट्रन्सफर्म एडको सहयोग तथा पाल्हिनन्दन गाउपालिकाको सवन्यमा बितरण गरिएको छ । पाल्हिनन्दन गाउपालिकाका अध्यक्ष दिपक गुप्ताको अध्यक्ष्ाता तथा वडा अध्यक्ष कृष्ण चन्द्र यादवको अतिथिक्ता एवम् कार्यक्रम सन्योजक इस्वर के०सि० , तालिम व्यवस्थापक बालकृष्ण पान्डेय , सुर्य गैर परियोजना सन्योजक , फिल्ड अधिकृत सपना श्रेष्ठ लगायतको अतिथिक्ता तथा समाजिक परिचालक सन्दीप बि०क०को उपस्थितिमा ७ हजार प्रति लिटर बायो स्याण्ड फिल्टर वितरण कार्यक्रम सम्पन्न भएको छ् । राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।