Rashtriya Dainik

पटेर्वा सुगौलीमा व्यापक भ्रष्टाचार,अधिकृत यादव मालामाल अख्तियार मौन,सचेत नागरिक आश्चर्यमा

वीरगंज १२ असार ।
पटेर्वा सुगौली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्देश यादवले आर्थिक वर्ष २०७८÷०७९ को बजेटमा व्यापक भ्रष्टाचार गरेको आरोप सहदै मालामाल भए तापनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मौन बस्दा सचेत नागरिकहरु आश्चर्यमा परेका छन् । कमिशनको मामिलामा चर्चा कमाईसकेका अधिकृत यादवले भौतिक निर्माणको कार्यमा ३० प्रतिशत र सामाजिक विकासको कार्यमा ४० प्रतिशत असुल्ने गरेको स्रोतको भनाई रहेको छ । बारा जिल्लाको पचरौता नगरपालिका वडा नं. १ पिपरपाती निवासी अधिकृत यादवको पैतृक सम्पति करिब १८ कठ्ठा जग्गा रहेको बताईएको छ । त्यसमा उनी चार दाजुभाई छन् । अधिकृत यादवले सरकारी सेवामा प्रवेश गरे देखि हालसम्म करोडौ करोड कमिशन असुली आफ्न्तहरुको नाममा ठाउँ–ठाउँमा जग्गा किनेको स्रोतले जनाएको छ । अधिकृत यादवले आर्थिक वर्ष २०७८÷०७९ को अनुमानित आय व्यय बजेटमा मसलन्द तथा कार्यालय सामग्रीको लागि १५ लाख रुपैया बिनियोजन गरिएकोमा सो बजेटमा करिब ५ लाखको सामग्री खरिद गरी बाकी रकम कागजी मिलान गरिएको कार्यालय स्रोतले जनाएको छ । त्यसैगरी गहुँविउ तिवरण (५० प्रतिशत अनुदानमा) २ लाख ५० हजार बजेट बिनियोजन गरिएकोमा त्यसमा नक्कली बिल भर्पाई खडा गरेर सो रकम दम्पच गरेको बताईएको छ । भ्रमण खर्चमा १२ लाख बिनियोजन गरिएकोमा त्यसमा अनावश्यक बिल भर्पाई खडा गरेर कागजी मिलान गरी सो रकम पनि दम्पच गरेको जनाईएको छ । औषधी खरिद कार्यमा १५ लाख रकम बिनियोजन गरिएकोमा त्यसमा करिब ५ लाखको म्याद अवधि कम भएका औषधी खरिद गरि बाकी रकम कागजी मिलान गरी दम्पच गरेको बताईएको छ । कृषि पोल तार विस्तार शिर्षकमा २५ लाख बिनियोजन गरिएकोमा सो शिर्षकलाई अनियमित्त तरीकाले खर्च गरी व्यापक भ्रष्टाचार गरेको कर्मचारी स्रोतको भनाई रहेको छ । विविध खर्चमा १० लाख रकम बिनियोजन भएकोमा सो शिर्षकमा पनि कागजी मिलान गर्दै नक्कली बिल भर्पाई खडा गरी हजम गरेका अधिकृत यादवले अख्तियार देखि सामान्य प्रशासन मन्त्रालयसम्म हाम्रो सेटिङ छ भनी ठाउँ–ठाउँमा भन्ने गरेको स्रोतले जनाएको छ । भ्रष्टाचारको मामिलामा निडर कहलिएका अधिकृत यादव माथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरी कारवाही प्रक्रिया अगाडि नबढाउंदा विभिन्न खाले शंका उपशंका उब्जिएको स्थानियवासीहरुले बताउन थालेका छन् ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित