Rashtriya Dainik

साईपाल गाउँपालीकालेमा सडक मुख्य याेजना छाेरी जन्माउने आमालाई दुई हजार भत्ता

उत्तमकुमार थापा/ बझाङ
जिल्लाकाे साईपाल गाउँपालीकामा छाेरी जन्माउने आमालाई दुई हजार प्राेत्साहन भत्ता दिने भएको छ ।

साईपाल गाउँपालीकाकाे गाउँसभाबाट उपाध्यक्ष डाेल्मा तामाङले यस्तो कार्यविधि ल्याउनु भएको हाे । तामाङले हाम्रो समाजमा महिला लाई हेला हाल्ने छाेरी जन्माएको भन्दै घर परिवार बाट पीडा खेप्नु परेको भन्दै छाेरी जन्माउने महिलालाई साईपाल गाउँपालीका बाट उपाध्यक्ष कार्यक्रम मार्फत २ हजार भत्ता उपलब्ध गराउने भएको हाे ।

स्वास्थ्य कार्यालयबाट सेवा सुविधा पाउने भएता पनि गाउँपालीकाले पनि यस्तो निर्णय गरेकाेमा स्थानीयहरु खुसि भएका छन । त्यस्तै साईपाल गाउँपालीकाले यसपालि पहिलो प्राथमिकता साईपाल भित्री सडक सञ्चालन गर्ने र सडक सञ्चालन लाई दिएकाे छ । दुर्गम बस्ती भएको गाउँपालीकाले खाद्यान्न शिक्षा स्वास्थ्य खानेपानीलाई पनि पहिलो प्राथमिकता दिएकाे गाउँपालीका अध्यक्ष मानविर बाेहराले बताए । उहाँले भन्नू भयाे हाम्रो साईपालकाे पीडा सबैलाई थाहै छ । सदरमुकाम चैनपुर बाट राम्रोसँग हिड्न सक्ने मान्छे ३ दिन हिडेर हाम्रो गाउँपालीका पुग्छन एक वडा बाट अर्को वडामा पुग्न दिनभर हिड्नु पर्छ जनताले सास्ती पाएका छन । त्यसैलाई मध्यनजर गर्दै साईपाल गाउँपालीकाकाे भित्री सडक सञ्चालन गर्न सके जनताले सेवा सुविधा पाउने जनताको मनाेभावना अनुरुप हामीले बजेट बिनियाेजन गरेका छाै । हाम्रो याँहा नेटवर्ककाे पनि कमि छ यसलाई सुधार गर्दै अगाडि बढ्ने छाै ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित