राष्ट्रिय दैनिक / नवलपरासी , ११ असार
पश्चिम नवलपरासीको परासीमा पत्रकारिता र विकास निर्माण विषयक कार्यशाला सम्पन्न भएको छ।
नेपाल पत्रकार महासंघ पश्चिम नवलपरासीकाे अायाेजना तथा पाल्हिनन्दन गाउँपालिकाकाे सहयोगमा महासंघका अध्यक्ष हरि शर्माको अध्यक्षता एवं पाल्हिनन्दन गा.पा अध्यक्ष बैजु प्रसाद गुप्ता (दिपक) को प्रमुख आतिथ्यतामा कार्यशाला सम्पन्न भएको हो।

कार्यशालालाई सम्बाेधन गर्दै पालिका अध्यक्ष गुप्ताले म नेता होइन समाजको बेटा हो भन्ने भावनाले अगाडी बढेको बताए । पत्रकारकै कारण पालिकामा हुने गरेका कार्यकाे सुचना जनताले पाउन सफल भएकाले सँग सँगै हातेमालो गरेर अगाडी बढ्न अनुरोध गरे।सभाहल,प्राविधिक विद्यालय स्थापना अस्पताल निमार्ण,गाउपालिका भवन,सडक लगायतका कामहरु गरेको र विद्यालयमा विद्यालय बसको सुविधा दिएर अंग्रेजी माध्ययमा पढाई सुरु गरेको बताए । स्वास्थ्य शिक्षा,रोजगारीमा जोड दिँदै आफूले गरेका विकास निर्माणका कार्यहरु निस्पक्ष र भरपर्दो तरिकाले काम गरेको समेत बताएका छन्।

कार्यक्रममा नेपाल पत्रकार महासंघ पश्चिम नवलपरासीका अध्यक्ष हरि शर्माले अव गाउँ-गाउँमा पुगेर पत्रकारिता गर्नुपर्नेमा जोड दिएका छन्। स्थानीय स्तरमा भए गरेका कार्यक्रम सञ्चार माध्ययममा उठाउन र विकास निर्माण हुने गरेका वडा तहमा पुगेर योजनाका कार्यमा सम्पूर्णले कलम चलाउन आग्रह गरे।
मिडियाको तर्फबाट रेडियो दौँतरीका समाचार प्रमुख मुक्ति तिवारीले पत्रकारलाइ प्रोत्साहन स्वरुप पुरस्कारको व्यवस्था गर्ने र जिल्लामा संचालित मिडियामालाई वर्गीकरण गरेर लोककल्याणकारी विज्ञपनको व्यवस्था गराउन महासंघले समन्वयकारी भुमिका खेल्न माग गरेका थिए।

विभिन्न पत्रकार संगठनको तर्फबाट प्रेस युनियनका उपाध्यक्ष उमेश बि.क ले पत्रकारी गरिरहेका तर महासंघ संग अाबद्ध नभएका र पत्रकारमा लाग्न इच्छुक नया पत्रकारलाई पनि तालीमको आवश्यकता रहेको बताए।
कार्यक्रममा पाल्हिनन्दनका वडा नम्बर ३ का वडा अध्यक्ष गोदन प्रसाद हरिजन, वडा नम्बर ५ का वडा अध्यक्ष दया संकर श्रीपाठी , महिला पत्रकार शान्ता भण्डारी,महासंघका पुर्व सभापति केशव पराजुली लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो।

नेपाल पत्रकार महासंघ कार्यसमिति सदस्य आरती रानाको स्वागत संगै सुरु भएको कार्यक्रमको संचालन महासंघका सदस्य बिकास अधिकारीले गरेका थिए। भने पत्रकारिता र बिकास निर्माण बिषयक कार्यशालाकाे सहजिकरण सुनवल नगरपालिका याेजनाशाखा प्रमुख पुरुषाेत्तम ढकालले गर्नुभएको थियो।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

