राजन कुमार बानिया / पर्सा , १० असार
पर्साको सखुवाप्रसौनी गाउँपालिकाले आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम सार्जनिक गरिको छ । नीति तथा कार्यक्रमबाट ५७ करोड ६९ लाख २१ हजार ७६ रुपैया बराबरको अनुमानित बजेट गाउँपालिकाकी उपाध्यक्ष शर्मिला विष्ट महतोले प्रस्तुत गर्नु भएकि छिन।
नीति तथा कार्यक्रममा गाउँपालिकाको प्रशासनिक भवन निर्माण गर्ने योजनालाई प्राथमिकतामा राखिएको छ । यसका अलावा शिक्षा, स्वास्थ्य, कृषि क्षेत्रलाई नीति तथा कार्यक्रममा बढी जोड दिइएको छ ।
गाउँपालिकाका सुत्केरी, गर्भवति महिला,सुतकेरी महिला,र ज्येष्ठ नागरिकका लागि निःशूल्क एम्बुलेन्सको व्यवस्था गर्ने गाउँपालिका मा बिबिएस कक्षा संचालनमा ल्याने बाकी रहेको स्वास्थ्यकर्मी संस्था मा बर्थिंग सेन्टर संचालन मा ल्याउने र वडा नं २ मा १५ सैयाको अस्पताल स्थापना गर्ने विशेष योजना रहेको गाउँपालिका अध्यक्ष जसवन्त यादवले बताए ।
ऐतिहासिक पारसनाथको मन्दिरलाई धार्मिक एवम् पर्यटकिय स्थलको रुपमा बिकास गर्ने गाउँपालिकाको योजना छ । पर्सागढीको कोइलाभार मन्दिरदेखि सखुवनीया हुँदै सिद्धपुरस्थित शिवधाम मन्दिरलाई पनि धार्मिक पर्यटकिय क्षेत्र बनाइने अध्यक्ष यादवले बताए ।
युवा तथा खेलकुद बिकासको लागि पनि गाउँपालिका गम्भिर रहेको अध्यक्ष यादवको भनाई छ । शिक्षा र स्वास्थ्यमा आमुल परिवर्तन गर्ने गरी काम गर्ने अध्यक्ष यादवको प्रतिबद्धता छ । नीति तथा कार्यक्रम यसवन्त यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत देवनाथ साह, वडा नम्बर १ का वडाअध्यक्ष बासुदेव महतो थारु, २ का अध्यक्ष चिरंजिवि प्रसाद महतो थारु, ३ का अध्यक्ष मोजामिल अन्सारी, ४ का अध्यक्ष महम्मद अरिफ अन्सारी, ५ का अध्यक्ष अशेश्वर प्रसाद यादव र ६ का अध्यक्ष मुन्ना प्रसाद कम्कर, वडा सदस्य, गाउँपालिकाका जनप्रतिनीधि, कर्मचारी लगायतको उपस्थिती रहेको थियो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

