राष्ट्रिय दैनिक / नवलपरासी , १० असार
पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकाको आगामी आर्थिक बर्ष २०७९/०८० का लागि बजेट , नीति तथा कार्यक्रम सार्बजनिक गरिएको छ ।
सुस्ता गाउँपालिकाका अध्यक्ष तथा ११ औं गाउँ सभाको सभाध्यक्ष टेक नारायण उपाध्याय सभाध्यक्षतामा एक कार्यक्रम बिच गाउँपालिका उपाध्यक्ष गिता कुमारी चौधरीले नीति तथा कार्यक्रम सार्वजनिक गर्नु भएको थियाे।
उपाध्यक्ष गिता कुमारी चौधरीले आर्थिक बर्ष ०७९/०८० का लागि गाउँपालिकाको कुल बजेट ५३ करोड २९ लाख ७३ हजार अनुमानित बजेट प्रस्तुत गर्नुभएको थियो ।

पालिका उपाध्यक्ष चौधरीले प्रस्तुत गरेको अनुमानित कुल बजेट मध्ये प्रशासनिक खर्च तर्फ ५ करोड ७५ लाख,पूंजीगत तथा अन्य कार्यक्रम खर्च तर्फ गरि कुल खर्च तर्फ २७ करोड ९५ लाख ७३ हजार,संघीय सरकारबाट हस्तान्तरित,समपुरक तथा बिशेष अनुदान तर्फ १७ करोड ७० लाख र प्रदेश सरकारबाट हस्तान्तरित तथा समपुरक तथा बिशेष अनुदान तर्फ १ करोड ८९ लाख बजेटमा प्रस्तुत भएको छ ।
प्रस्तुत गरिएको बजेटको क्षेत्रगत रूपमा हेर्ने हो भने आर्थिक बिकास तर्फ १ करोड ८२ लाख २५ हजार,सामाजिक बिकास तर्फ ५ करोड ५९ लाख ५० हजार,पुर्वाधार बिकास तर्फ १३ करोड ७४ लाख ७३ हजार,वातावरण तथा विपद व्यवस्थापन तर्फ ५० लाख र सुशासन तथा अन्तरसम्बन्धित २ करोड १९ लाख २५ हजार रकम बिनियोजन गरिएको छ ।
त्यस्तै कार्यालय संचालन तथा प्रशासनिक खर्च ५ करोड ७५ लाख,वडा कार्यालयबाट संचालन हुने कार्यक्रम तर्फ ४ करोड १० लाख,प्रदेश सशर्त,बिशेष तथा समपुरक अनुदान तर्फ १ करोड ८९ लाख र संघीय सशर्त,विशेष तथा समपुरक अनुदान तर्फ १७ करोड ७० लाख रकम क्षेत्रगत रूपमा बजेट बिनियोजन गरिएको छ ।
पालिकाले आगामी आर्थिक बर्ष ०७९/०८० को लागि आन्तरिक राजस्व १ करोड ५३ लाख १० हजार रकमको लक्ष्य लिएको पालिका उपाध्यक्ष चौधरीले बताउनुभयो भएको छ ।

गाउँसभा कार्यक्रमलाई सम्बोधन गर्दै सुस्ता गाउँपालिका अध्यक्ष टेक नारायण उपाध्यायले आफू जनताको सेवक भएकाले जनतामुखी जनताले बजेट ल्याएको बताउनु भयो । अध्यक्ष उपाध्यायले सम्पुर्ण जनप्रतिनिधिहरुलाई साझा जनप्रतिनिधिको रूपमा आफ्नो कार्य कक्षबाट सेवा दिनुपर्ने र सधै जनताको मन जित्ने काम गर्नुपर्नेमा जोड दिनु भएको थियो ।
पालिका भित्रका छोरीहरुको सम्मान गर्दै छोरी सुनौलो भबिस्य कार्यक्रमले आगामी दिनमा सुस्ताका छोरी चेलीहरुको आत्मसम्मान बढने,छोरीहरुको शिक्षा क्षेत्रमा पहुँच वृद्धि हुने बिश्वासले कार्यक्रम ल्याएको र बजेट छुट्टाएको पालिका अध्यक्ष उपाध्यायले बताउनु भयो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

