Rashtriya Dainik

पर्साकाे जगरनाथपुर गाउँपालिकाकाे नीति तथा कार्यक्रम सार्वजनिक

राजन कुमार बानिया / पर्सा , १० असार
पर्साकाे जगरनाथपुर गाउँपालिकाकाे ७ औं गाउँ सभा अगामी आर्थिक बर्ष २०७९/०८० काे नीति तथा कार्यक्रम अाज सार्जनिक भएको छ। नीति तथा कार्यक्रम मा ४९ कराेड ३२ लाख बराबरकाे अनुमानित बजेट प्रस्तुत गरिएकाे छ ।
जसमा शिक्षा तर्फ ११ कराेड २४ लाख, स्वास्थ्य तर्फ २ कराेड २८ लाख, कृषि तर्फ १ कराेड २६ लाख, समाजिक विकास तर्फ दुई कराेड ४१ लाख, पूर्वधार विकास तर्फ १५ कराेड २३ लाख, समाजिक सूरक्षा तर्फ ८ कराेड र चालु तर्फ ९ कराेड गरि ४९ करोड ३२ लाख बराबर को बजेट गाउँपालिका अध्यक्ष श्रीकान्त यादव ले प्रस्तुत गर्नु भएको थियो।
गाउँपालिका अध्यक्ष यादवले अगामी आर्थिक बर्षकाे नीती तथा कार्यक्रम प्रस्तुत गर्दै विद्यालयहरुमा विद्यार्थीहरुलाई ल्याउ, टिकाउ र सिकाउ अभियान संचालन गरिने वताए । साथै उनले विद्यालयलाई आपंगता तथा बालमैतृ बनाइने वताए ।
उनले भने “कक्षा १० का विद्यार्थीहरुकाे लागि अतिरिक्त कक्षा संचालन गरिने छ । एसईईमा उत्कृष्ट अंक ल्याएर उतिर्ण हुने छात्र/छात्राहरुलाई प्राेत्साहनसहित छात्रवृति प्रदान गरिने छ ।”
अध्यक्ष यादवले गाउँपालिकाबाट प्रवाह हुने सेवा मुस्कानसहित प्रदान गरिने वताए । उनले सासु, ससुरालाई राम्राेसंग स्याहार सुसार गर्ने बुहारीलाई सम्मान गरिने समेत वताए ।
उनले बिजबनिया र औंराहमा बर्थिङ सेन्टर संचालन गरिने, प्रत्येक वडाकाे स्वास्थ्य चाैकीमा एमबिबिएस डाक्टरकाे व्यवस्था गरिने र गाउँपालिकामा १५ बेडकाे अस्पताल संचालनकाे लागि संघ र प्रदेश सरकारसंग पहलन गरिने वताए ।
उनले जगरनाथपुुर गाउँपालिकालाई समृद्ध र सुखी बनाउने दिर्घकालीन उद्देश्य अनुरुप आर्थिक सामाजिकविकासको मौलिक ढाँचामा गाउँपालिका अगाडि बढि रहेको वताए ।
गाउँ कार्यपालिकाकाे कार्यालय जगरनाथपुरमा भएकाे गाउँ सभाकाे नेपाली कांग्रेस पर्साका सभापति जनार्दन सिंह क्षेत्रीले उद्घाट गरेका थिए ।
गाउँ सभा उद्घाटन सत्रमा नेपाली कांग्रेस पर्साका उप सभापति रानारायण कुर्मी, प्रवक्ता रमेश पाण्डे, काेषाध्यक्ष प्रेम थापा, गाउँपालिका उपाध्क्ष बबिता सिंह ,क्षेत्रिय सचिव बलिष्टर अहमद, प्रमुख प्रशासकिय अधिकृत कृष्णनन्दन राय, वडाध्यक्षहरु लक्ष्मी साह तेली, नेपाली प्रसाद कुशवाहा, सुभाष कुमार यादव, प्रभुनाथ प्रसाद नुनिया, बिहारी महताे नुनिया, अयाेध्या प्रसाद कुर्मी लगायतकाे सहभागिता रहेकाे थियाे भने कार्यक्रमकाे संचालन गाउँपालिका स्वास्थ्य संयाेजक प्रमेन्द्र साह ले गर्नु भएको थियो। नीति तथा कार्यक्रम मा कार्पालिका सदस्य , महिला सदस्य,पुरुष सदस्य कर्मचारी लगायत राजनितिकर्मी र स्थानिय हरु को सहभागिताहेको थियौ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित