गुन्जन गैरे / नवलपरासी ,१० असार
खानेपानी तथा सरसफाई विषयमा पत्रकार र सरोकारवाला बीच एक दिने अन्र्तकृया गोष्ठी शुक्रबार पश्चिम नवलपरासीको सुनवल १२ भुमहीमा सम्पन्न भएको छ । पर्यटन ग्रामिण तथा सहरी विकास मन्त्रालय लुम्बिनी प्रदेशको आयोजना तथा सञ्चारिका समुह लुम्बिनी प्रदेशको समन्वयमा सो कार्यक्रम सम्पन्न भएको हो । सञ्चारिकका समुह लुम्बिनी प्रदेशकी अध्यक्ष अमृता अनमोलको अध्यक्षता तथा पर्यटन ग्रामिण तथा सहरी विकास मन्त्रालय लुम्बिनी प्रदेशका सिनियर सव इन्जिनियर ध्रुब धितालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि धितालले लुम्बिनी प्रदेशमा खानेपानी तथा सरसफाईलाई सञ्चार मार्फत स्वच्छ खानेपानीको जनचेतना र विकास कसरी गर्नुपर्छ साथै पानीको सही सदुपयोग कसरी गर्ने लगाएतको विषयमा जानकारी गराउनुभएको थियो । उहाँले खानेपानी उपभोक्ताहरुको आवश्यकताको पहिचान र लागत अनुमान दिगो विकास लक्ष्यको वित्तिय रणनिति हुनुपर्ने धारणा राख्दै उहाँले मानव अधिकारको रुपमा खानेपानी तथा सरसफाईलाई विशेष ध्यान दिएर अगाडी बढाउन आवश्यक रहेको बताउनु्भएको थियो । सो अवसरमा मधेशी पत्रकार समाजका सल्लाहकार बेचु गौण, प्रेस युनियनका नवलपरासीका जिल्ला सदस्य सन्तोष कोइराला, प्रेस चौतारी नवलपरासी पश्मिचका जिल्ला अध्यक्ष मेघराज गौतम, नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष हरि शर्मा लागएतले मन्तब्य राख्नुभएको थियो । सञ्चारिका समुहकी प्रदेश सदस्य विष्नु भण्डारी खनालको स्वागत मन्तब्य रहेको कार्यक्रमको सञ्चालन सञ्चारिका समुह लुम्बिनी प्रदेशकी अध्यक्ष अमृता अनमोलले गर्नुभएको थियो । त्यस्तै, कृषी खाद्य प्रविधि तथा भुमी ब्यवस्था मन्त्रालय लुम्बिनी प्रदेशको आयोजना तथा सञ्चारिका समुह लुम्बिनी प्रदेशको समन्वयमा शुक्रबार प्रदेश सरकारका कृषी कार्यक्रम र प्रभावकारिता बारेमा पत्रकार संग अन्र्तकृया गोष्ठी कार्यक्रम सुनवल १२ भुमहीमा सम्पन्न भएको छ । सञ्चारिका समुह लुम्बिनी प्रदेशकी अध्यक्ष अमृता अनमोलको अध्यक्षता तथा कृषी खाद्य प्रविधि तथा भुमी ब्यवस्था मन्त्रालयको सुचना अधिकारी शालिकराम गौतमको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि गौतमले यस आर्थिक बर्ष २०७९, ८० मा प्रदेश सरकारले कृषी क्षेत्रलाई पकेट क्षेत्रको रुपमा विकास गर्दै लैजाने निति लिएको बताउदै उहाँले प्रदेश सरकारले सबै पालिकामा कृषी विमा कार्यक्रमलाई अगाडी बढाउन पहल गरिरहेको र यस आर्थिक बर्षमा लुम्बिनी प्रदेश सरकार कृषी क्षेत्रलाई विशेष जोड दिइ कार्य गरिरहेको बताउनुभयो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

