उत्तमकुमार थापा
छविस पाथिभरा गाउँपालीकाकाे १० अाै गाउँसभा सम्पन्न भएको छ ।
गाउँपालीकाकाे सभाहलमा सञ्चालन भएको गाउँसभाकाे उद्घघाटन कार्यक्रम सम्पन्न भएको हाे । छविस पाथिभरा गाउँपालीका अध्यक्ष बसन्त चलाउनेकाे अध्यक्षतामा सुरु भएको गाउँसभा सम्पन्न भएको हाे ।
गाउँसभा बाट गाउँपालीकाले कृषि स्वास्थ्य शिक्षा ,उज्यालोमय गाउँपालीका बनाउने र भाडेबजार देखि गाउँपालीका गाउँपालीका सम्म कालाेपत्रे बनाउने कृषिमा आत्मनिर्भर हुने गरि कृषकलाई सहयाेग गर्ने लगाएतका याेजनालाई प्राथमिकता दिएकाे थियाे । सभाका अध्यक्ष तथा छविस पाथिभरा गाउँपालीका अध्यक्ष बसन्त चलाउनेले दन्द पिडित तथा सहित परिवारलाई सहयाेग गर्ने लगाएतका निति तथा कार्यक्रम ल्याएकाे हाे ।
चलाउनेले भन्नू भयाे सबै गाउँपालीका सदस्य देखि शिक्षक बुद्धिजीवी राजनीतिक दलकाे सल्लाह सुझाव लिएकाे छाै अझै सल्लाहकाे अपेक्षा गरेका छाै । छविसकाे बिकासका लागि सबैको सहयाेगकाे अपेक्षा गरिएको अध्यक्ष बसन्त चलाउनेले बताउनु भयाे । गाउँसभाकाे कार्यविधि प्रस्तुत गाउँपालीका उपाध्यक्ष लछिमन बाेहराले गर्नुभएको थियाे भने कार्यक्रम सञ्चालन शिक्षा शाखाका जुनेस चलाउने र छविस पाथिभरा गाउँपालीका लेखापाल मुकेश थापाले गर्नुभएको थियाे ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

