ज्ञानेश्वर सहानी / नवलपरासी / असार ०८
पश्चिम नवलपरासीका सशस्त्र प्रहरी बल नेपाल २६ नम्बर गणका एसपी रुप कुमार क्षेत्रीको मिलेमतोमा भारतसँग सीमा जोडिएका नाकाहरुबाट अबैध तस्करी ओसारपोसार हुदै आएको छ ।
सशस्त्र प्रहरी बल नेपाल २६ नम्बर गणका एसपी क्षेत्रीको निदेशनमा जिल्ला क्षेत्र भित्रका तस्करीहरु संग सेटिग मिलाउने काम सशस्त्र प्रहरी बल भुजहवाका प्रमुख धनराज बुढाथोकीले गर्दै आएको छन् ।
तस्करीहरु संग सेटिग मिलाएको सबैभन्दा बढी कमिसन आज सम्म दिने गरेकाले सशस्त्र प्रहरी बल नेपाल २६ नम्बर गणका एसपी क्षेत्रीले आज सम्म सरुवा गरेको छैन ।
नवलपरासीको भारत सीमाबाट बिभिन्न समान सशस्त्र प्रहरीकै मिलोमतोमा आउने भने नेपालको विभिन्न समान भारत तर्फ पनि जाने गरेको पाइएको छ । भारतबाट इलेक्ट्रोनिक सामाग्री,लत्ताकपडा,सवारी साधनका पाटपुर्जा, भैंसी,राङ्गा ,खसी बोका ,माछा ,खाद्यान्न सामाग्री , खुकुराहरु भित्राउने गरेको पाइन्छ । भने कबाडीका समान् भारत तर्फ जाने गरेको पाईन्छ ।
सीमा अपराधलाई नियन्त्रण गर्न मुलुकको अन्तर्राष्ट्रिय सीमानामा सशस्त्र प्रहरी बल तैनाथ गरिएको छ । त्यसका अतिरिक्त नेपाल प्रहरीले चेकजाँच र गस्ती पनि उत्तिकै गर्दै आएको छ । यति हुँदाहुँदै पनि सीमा क्षेत्रबाट दिनरात पिकअप र साना ट्रकमा खुलेआम चोरी तस्करी कार्य भइरहेको दृश्य पनि सर्बजनिक भएको थियोे ।
नवलपरासीको महेशपुर नजिकैको भुजहवा क्षेत्रबाट अत्यधिक चोरी तस्करी कार्य भइरहेको स्थानीय बताउँछन् । त्यसैगरि जिल्लाका मुख्यतयाः भुजहवा ,महेशपुर ,हर्षपुरा,बसहिया,धमौली ,गुठी परसौनी ,पक्लिहवा लगायतका नाकाहरूबाट तस्करहरुले अवैध रुपमा भारतबाट नेपालतर्फ र नेपालबाट भारततर्फ सामान भारी मात्रामा ओसारपसार भइरहेका छन् ।
यसरी दैनिक रुपमा तस्करी हुँदा पनि प्रसासनहरुले किन मौन भएर बस्नुको अर्थके होला । स्थानीय प्रहरी प्रशासनकै मिलोमातोमा यस्ता कार्य अबैध रुपमा भैइरहेको छ।
तस्करले विशेष गरि रातको समयमा भारतीय तथा मधेसी मुलका अशिक्षित युवालाई आर्थिक प्रलोभन देखाए नेपाल भित्राउने गरेको एक युवाले बताए । यसको रहस्यके होला । दैनिक रूपमा तस्करी हुनु कारण मासिक कमिसन नै हो । सुत्रको अनुसार प्रत्यक तस्करी संग मासिक रुपमा कमिसन लिने गरेको पाईन्छ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

