Rashtriya Dainik

मूल्यवृद्धिको विरोधमा राष्ट्रिय युवा संघ नेपाल र अनेरास्वबियुद्वारा विरोध प्रदर्शन

रामु भुषाल / नवलपरासी , ९ असार
मूल्यवृद्धिको विरोधमा पश्चिम् नवलपरासीको बर्दघाटमा राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी र अनेरास्वबियु नवलपरासीको संयुक्त आयोजनामा विरोध प्रदर्शनसहित आधा घण्टा चक्काजाम गरेको छ । सरकारले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेसँगै खाध्यान्न र अन्य क्षेत्रमा पनि चर्को मूल्यवृद्धि भएको भन्दै मूल्य समायोजन गर्न माग गर्दै राष्ट्रिय युवा संघ नेपाल र अनेरास्वबियुले आन्दोलन गरेको हो ।
विरोध कार्यक्रममा बोल्दै राष्ट्रिय युवा संघ नेपाल का केन्द्रीय सदस्य युब राज डुम्रे ले निगमभित्र भएका भ्रष्टाचार, चुहावट, मनलाग्दी कर्मचारी भर्ना, खरिद बिक्रीमा हुने ठूला अनियमितता लाई अब पनि निराकरण नगर्ने हो भने जनता चुप लागेर नबस्ने बताउनु भएको छ । प्रत्येक हप्ता भएको मुल्य वृद्धिले जनतामा निक्कै ठुलो आक्रोश निम्तिएकोले अब निगम लाइ चुस्त दुरुस्त राखी मुल्य वृद्धि तत्काल खारेजी गर्नुपर्ने बताउदै मूल्य वृद्धि फिर्ता नभय थप आन्दोलन का कार्यक्रम तय गरिने बताउनु भयो।
त्यस्तै कार्यक्रम मा राष्ट्रिय युवा संघ नेपाल का जिल्ला सम्योजक राम बहादुर भन्डारि ले गठ बन्धन सरकारले आफुहरुको स्वार्थको लागि गरिएको मुल्य वृद्धिले जनताको ढाड सेकिएको बताउदै मुल्य वृद्धि तत्काल फिर्ता लिन माग गर्नु भयो ।
केहि समय देखी लगातार बढिरहेको पेट्रोलियम पदार्थको मुल्यले जनतामा एक प्रकारको आक्रोश उत्पन्न हुनुका साथै सरकार नै कमजोर साबित भएको हुदा गठ बन्धन सरकार ले तुरुन्त राजीनामा दिनु पर्ने बताउनु भयो ।
सोही अबसर मा अनेरास्ववियु का जिल्ला अध्यक्ष निरज पौडेल ले अनेरास्ववियु सधै जनजीविकाको पक्षमा सधै लडिरहने बताउदै सत्तासिन सरकार ले जे गरे पनि टुलुटुलु हेरेर बस्न नसकिने र जनताको पक्षमा सदैव लडि रहने हुदा विरोधमा उत्रिन बाध्य भयेको बताउनु भयो।
विरोध सभामा सहभागीले मूल्यवृद्धि खारेज गर, जनतालाई क्षति भो, मूल्यवृद्धि अति भो, गठबन्धन सरकार राजीनामा दे, प्रधानमन्त्री देउवा राजिनामा दे, लगायतका नारा लेखिएका प्ले कार्ड बोकेका थिए ।प्रदर्शन पछि को कोण सभा मा प्रधान मन्त्री शेर बहादुर देउवा को तस्बिर समेत जलायका थिय।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित