राजन कुमार बानिया / पर्सा, ९ अषाढ । पर्साको बिन्दवासिनी गाउँपालिकाको आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रमको उदघाटन सत्र सम्पन भएको छ।
बिन्दवासिनी गाउँपालिका ११ औँ गाउँसभाबाट आगामी आर्थिक वर्ष २०७९/८० को लागि नीति तथा कार्यक्रममा गाउँपालिका अध्यक्ष प्रमोद तिवारी ले २९ करोड ५० लाखको अनुमानित बजेट लयाउने प्रस्तुत गर्नु भएको थियो। प्रमुख अतिथिसमेत रहेका तिवारीले आगामी वर्षको नीति तथा कार्यक्रममा शिक्षा, स्वास्थ्य ,कृषिलाई पहिलो प्राथमिकतामा राखिएको बताए । विकास निर्माणका कार्यक्रमलाई समयमै सम्पन्न गर्दै बजेट फ्रिज हुन् नदिन आफ्नो प्रमुख प्रथमिकता रहेको गाउँपालिका अध्यक्ष तिवारीले बताए । उनले यसका लागि जनप्रतिनिधि र कर्मचारीहरुको सहयोग अपरिहार्य भएको बताए । गाउँपालिकाको बिकासमा जनसमुदाय र राजनितीकर्मीहरुसंग राय सुझाव र सहयोग लिएर अगाडि बढने अध्यक्ष तिवारीले बताए ।गाउँसभा तथा नितअं तथा कार्यक्रममा बोल्दै गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत राजु साहले गत वर्षहरुको तुलनामा यसपटक विन्दवासिनीको नीति तथा कार्यक्रमले सबै क्षेत्रलाई समेटेको बताए । उनले शिक्षा, स्वास्थ्य, कृषि, भौतिक पूर्वाधार विकास, रोजगार,महिला बालबालिका को हकहितमा जस्ता सम्पूर्ण महत्वपूर्ण विषयलाई नीति तथा कार्यक्रममा प्रथामिकता दिइएको बताए ।
गाउँसभामा गाउँपालिकाको वडा नम्बर १ का वडा अध्यक्ष अछेलाल महतो, वडा नम्बर २ का वडा अध्यक्ष मुक्तिनाथ प्रसाद कुर्मी, ३ का वडा अध्यक्ष जय प्रकाश चौरसिया, ४ का अनोज चौरसिया, ५ का मोहन राउत अहीर, कार्यपालिका सदस्य कुसमी कुमारी देवी, मान्ती देवी, रिमा देवी, धनपति तत्मीन, शम्भु प्रसाद बरै, असोक गुप्ता ,वडा सदस्य, कर्मचारी पत्रकार, सुरक्षाकर्मी ,लगायतको उपस्थिती रहेको थियो । कार्यक्रम संचालन समाजिक शाखा प्रमुख रामप्रवेश साहले गर्नु भएको थियो।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

