Rashtriya Dainik

सुनवलमा बाल संजालको आयोजनामा छात्रवृत्ति वितरण तथा बाल क्लब व्यवस्थापन सामाग्री वितरण

अमृता सुनार/सुनवल,असार ९
सुनवल वडा नं १ र सुनवल नगरपालिकाको सहयोगमा सुनवल वडा नम्मर १ मा स्थित वडा बाल संजालको आयोजनामा छात्रवृत्ति वितरण,बाल क्लब व्यवस्थापन सामाग्री वितरण कार्यक्रम आज वडा नम्मर १ को वडा कार्यलयको‌ भवनमा सम्पन्न भएको छ । वडा बाल संजालको अध्यक्ष विजय श्रेष्ठको अध्यक्षता एवम वडा नं १ का वडाध्यक्ष मन बहादुर थापाको प्रमुख आतिथ्यतामा तथा कार्यपालिका सदस्य तथा वडा सदस्य सीता भण्डारिको विशेष आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । उक्त कार्यक्रममा सामुदायक विधालय सुनवल मा.वि र लुम्बिनी मा.विमा अध्यनरत गर्ने विधार्थी मध्ये १५ जना विधार्थीलाई १/१ दर्जन कापी,१/१ दर्जन पेन्सिल,१/१ दर्जन पेन्सिल बक्स र १/१ ओटा झोला लगायतको शैक्षिक सामाग्री वितरण गरिएको छ। उक्त कार्यक्रममा त्यसै वडामा रहेका ७ ओटा बालक्लब र ५ ओटा विधालयका बाल क्लबलाई र त्यसै वडाको वडा बाल सञ्जाललाई आज १/१ ओटा ब्यानर र वडा बाल सञ्जालका सम्पुर्ण सदस्यलाई १/१ ओटा टि-सट वितरण गरिएको छ। उक्त कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि वडा नम्मर १ का वडा अध्यक्ष मन बहादुर थापाले आगामी दिनमा पनि वडाबाट बालबालिकाको लागि छुट्टै बजेट छुटाएर अझै प्रभावकारी कार्यक्रमहरु सञ्चालन गर्ने प्रतिबद्धता गर्नुभएको छ। सो कार्यक्रममा वडा सदस्यमा बाल कुमारी परियार,कृष्ण क्षेत्री तथा वडा सचिव अमरनाथ कवर,त्यसै वडाकी बालमैत्री स्वयम सेवक हुम कुमारी थापा मगर, कार्यालय सहयोगी दिपिका भुसाल तथा पत्रकार लगायतको आतिथ्यतामा सम्पन्न भएको कार्यक्रमको सञ्चालन वडा बाल संजालका सचिव अमृत बस्यालले गर्नुभएको थियो।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित