Rashtriya Dainik

शुक्रबार सरावल गाउँपालिकामा अत्यावश्यक बाहेकका सेवा स्थगन

राष्ट्रिय दैनिक / नवलपरासी , ९ असार

पश्चिम नवलपरासीको सरावल गाउँपालिकामा शुक्रबार अत्यावश्यक बाहेकका सेवा स्थगन हुने भएको छ।

२०७९ साल असार १० गते सरावल गाउँपालिकाको दशौं गाउँसभा आयोजना भएकोले सम्पूर्ण जनप्रतिनिधि, कर्मचारी र सम्बन्धित सवैको उपस्थिति हुने भएकोले वडा कार्यलय र गाउँपालिका अन्तर्गतका अत्यावश्यक बाहेकका सेवा स्थगन हुने प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद ज्ञवालीले जानकारी दिनुभएको हाे।

अाज गाउँपालिकाबाट सुचना निकालि शुक्रबार सेवा स्थगन हुने पालिका बासिलाई जानकारी गराइएको छ।

सेवा स्थगन गरिएकोले त्यसबाट सेवाग्राहीमा पर्न गएको असुविधाका लागि गाउँपालिका क्षमाप्रार्थी रहेको प्रशासकीय अधिकृत ज्ञवालीले जानकारी दिनुभएको हाे।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित