जनकपुर ,आषाढ ९ – रामायण सर्किटमा सञ्चालन हुने ‘भारत गौरव टुरिस्ट रेल’ अयोध्या, बनारस, प्रयागराज, सीतामढी हुँदै नेपाल–भारत सिमाना जयनगरबाट जनकपुर आइपुगेको हो । जयनगरबाट रेल नेपाल प्रवेश गरेलगत्तै ठाउँ–ठाउँमा फूलमालाले स्वागत गरिएको छ ।
त्रेतायुगमा राम र सीताको विवाह भएको थियो । भारत अयोध्याका राजा दशरथका छोरा राम र जनकपुरका राजा जनककी छोरी सीतासित विवाह भएको थियो । रामायण अध्यायमा उल्लेख गरिएका सबै ठाउँलाई धार्मिक पर्यटनलाई जोड्न भारत सरकारले रामायण सर्किट तयार पारेको छ । रामायण सर्किटमा नेपालको जनकपुरलाई पनि समेटिएको छ । ४ वर्षअघि भारतका प्रधानमन्त्री नरेन्द्र मोदी जनकपुर आउँदा दुवै देशबीच रामायण सर्किट सम्झौता भएको थियो ।
रामायण सर्किट जोडन विशेष रेल यात्रा दिल्लीबाट सुरु भएको हो । जनकपुरमा पनि ब्रोडगेज रेल लिंक रहेकाले रामायण सर्किटको रेल सिधै जनकपुर आइपुगेको हो । पर्यटकलाई जानकी मन्दिर, धनुषाधाम र जनकपुरमा दैनिक हुने गंगा आरतीमा सहभागी गराइने मधेस प्रदेशका पर्यटन मन्त्री सत्रुधन महतोले बताए ।
‘भारत गौरव टुरिस्ट रेल’ नाम दिइएको रेल भारतीय समयअनुसार मंगलबार साँझ ७ बजे नयाँदिल्लीबाट जनकपुरका लागि प्रस्थान गरेको थियो । रेलको दुईवटा डिब्बालाई विशेष रूपमा योगसम्बन्धी तस्बिर तथा सामग्रीले सजाइएको छ । रेलमा १४ वटा डिब्बा छ । केही बोगीका बाहिरी भागमा भारतका विभिन्न शास्त्रीय एवं लोक नृत्य, पोशाक, पर्व, परिकार प्रवद्र्धन गर्ने किसिमका सामग्री राखेर सजावट गरिएको छ । रासस
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

