Rashtriya Dainik

मानवअधिकारको अर्धवार्षिक पुर्व समिक्षा कार्यक्रम सम्पन्न

रानी पाल ,आषाढ ९ । सिराहाको लाहानमा नेपाल मानअधिकार वर्ष पुस्तक २०२३ को अर्धवार्षिक समिक्षा कार्यक्रम सम्पन्न भएको छ ।

मानवअधिकार संरक्षण केन्द्र सिरहाका देवराज पोखरेलको अध्यक्षतामा आयोजित कार्यक्रममा ईलाका प्रहरी कार्यालय लहानका डिएस्पी कुमार प्रसाद मैनाली लहानका उपमेयर राम चलितर महतो लगायत जिल्लाका पत्रकारहरुको सहभागिता रहेको थियो ।

२०२२ को जनवरीदेखि असार ७ सम्म जिल्लाका विभिन्न ठाउँहरुबाट संकलित करिब ४२ ओटा घटनाहरूको समिक्षा गरिएको कार्यक्रममा जिल्लाका इन्सेक प्रतिनिधि दुर्गा परियारले प्रस्तुत गर्नुभए अनुसार जिल्लामा आफनै परिवारबाट २ जनाको हत्या , अन्य पक्षबाट ६ हत्या , राज्य पक्षबाट दुर्यव्यवहार १ , बालिका बलात्कृत घटना ६ , बालिका बलात्कृत प्रयास ३ , महिला बल्तकार ८ , आगजनी १ , तोडफोड १ , आत्महत्या १ , बहुबिबाह १२ गरी जिल्लामा करिब ६ महिनामामा करिब ४२ मानब अधिकार उलङ्घनका घटनाहरू भएको समीक्षा कार्यक्रम मार्फत जानकारी गराइएको थियो ।

कार्यक्रममा अधिकांश वक्ताहरुले विगत ६ महिनामा बालबालिका तथा महिलाहरु हिंसामा परेको बताउँदै यसको लागि जिल्लाका संघ संस्था तथा सञ्चारकर्मीहरुको सहयोग अावायक भएको बताएका छन् ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित