महेश सिंह सिरहा लहान ९ असार -सिरहाको बरियारपट्टी गाउँपालिकामा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत भैंसी पालन पोकेट कार्यक्रम संचालनमा आएको छ्।
लक्ष्मण सिंह कृषि सहकारी संस्थाका अध्यक्ष अजय कुमार यादवको अध्यक्षतामा कार्यक्रम सुरु भएको थियोे भने प्रमुख अतिथिमा गाउँपालिका उपाध्यक्ष ममता कुमारी यादव विशिष्ट अतिथिमा बरियारपट्टी गाउँपालिको प्रमुख प्रशाशकीय अघिकृत रजित जंग अघिकारी रहनु भएको थियो।
अतिथिहरुमा वडा नम्बर १ का अध्यक्ष देवेन्द्र यादव,वडा नम्बर २ का अध्यक्ष राम खेलाउन दास,वडा नम्बर ३ का अध्यक्ष बिनोद यादव,अध्यक्ष नम्बर ४ का अध्यक्ष नबीन यादव, वडा नम्बर ५ का अध्यक्ष शिब नारायण यादव,वर्तमान बरियारपट्टी गाँउपालिका उपाध्यक्ष रेखा कुमारी यादव गाउँ पालिका प्राविधिक ई.सुरेन्द्र कुमार यादव,कृषि शाखा प्रमुख सत्रुधन यादव पशु शाखा प्रमुख दोरीकलाल यादव छोटिभन्सार ईन्चार्ज कृष्ण देव यादव भू पु प्रधानाध्यापक अमरेश कुमार यादव विमा संस्था प्रतिनिधि कुश कुमार यादव समाजसेवी पवन कुमार यादव,राम कुमार यादव दिपेन्द्र यादब लगायतका अतिथिहरुको सहभागिता रहेको थियो।
उक्त कार्यक्रमबाट भैंसी पालन गर्ने किसानहरूलाई भैंसी विमा र भैंसीको खाने पौष्टिक आहारका सामग्री, किराका औषधि,भ्याक्सिन सावुन,घाँसका विउ विजन वितरण तालिम सञ्चालन गरिने क्रियाकलाप सार्वजनिक गर्दै कार्यक्रम समपन्न गरेका छन्। किसानहरुको हक हितमा काम गर्ने संस्था लक्ष्मण सिंह कृषि सहकारी संस्थाका निरन्तर लागिपरेका छन्। उक्त संस्थाद्वारा बिगत एक हप्ता अगाडि बृहत शिवीको आयोजना गरेको थियो।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

