Rashtriya Dainik

मल खाद्य किसानलाई समयमा उपलब्ध गराउन राष्ट्रिय कृषक समुहद्वारा ज्ञापन पत्र …

महेश सिंह सिरहा लहान ९ असार – सिरहाको लहान नगरपालिका ग्रामीण चौक स्थित रहेको ईलाका प्रशासन कार्यालय प्रमुखलाई राष्ट्रिय कृषक समुह महासंघ नेपालले किसानहरुलाई समयमा सहुलियत र सहज रुपमा मल ,खाद बिउ,समयमै उपलब्ध गराउनको लागी ज्ञापन बुझाएका छन्।

महासंघले किसानका हक अधिकारको लागी सदैब आवाज उठाउदै आएका छन्। बिपतका समयमा विभिन्न जिल्लाका गरिब दलित सीमान्तकृत समुदायमा पटक पटक राहत सामग्री वितरण गरिएका कृषक समुहका जिल्ला कार्य समिति सिरहाका अध्यक्ष प्रदीप सिंह दनुवारले जनाए।

किसानहरुलाई समयमा मल खाद्य उपलब्ध गराएन भने किसानहरु देश ब्यापी रूपमा आन्दोलनको कार्यक्रम अगाडि बढाउने राष्ट्रिय कृषक समुह महासंघ नेपालले स्थानीय सरकार र सरोकार बलाहरुलाई चेतावनी समेत दिएका हुन्।
बुधबार लहान स्थित रहेको ईलाका प्रशासन कार्यालय र खाद्य संस्थानमा ज्ञापन पत्र बुझाएको कार्यक्रम संयोजक दिलिप कुमार साहले बताए।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित