राष्ट्रिय दैनिक / नवलपरासी , ८ असार
पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिकाले पालिकामा भइरहेको निर्माण कार्यको अनुगमन गरेको छ ।
बुधबार गाउँपालिकाका उपाध्यक्ष फातुमा खातुन अन्सारी ( सकिना ) लगायतकाे टिम गाउँपालिकाको विभिन्न वडामा भइरहेको विकास निर्माण कार्यको अनुगमन गर्नुभएको छ ।

गाउँपालिकामा सडक, भवन, मठ–मन्दिर, मदर्शा , नाला लगायतका विकास निर्माण कार्यको अनुगमन कार्यलाई गाउँपालिका उपाध्यक्ष अन्सारी लगायतका जनप्रतिनिधि तथा कर्मचारीले अनुगमलाई निरन्तरता दिइएका छन ।
निर्माण कार्य गुणस्तरयुक्त भईरहेको छ वा छैन भन्ने अनुगमन गर्नका लागि आफूहरु अनुगमनका लागि पुगेको उपाध्यक्ष अन्सारीले राष्ट्रिय दैनिकलाई बताउनु भएको हाे । उनले निर्माण कार्य गुणस्तरयुक्त ढंगले पूरा हुने विश्वास व्यक्त गरिन ।

गाउँपालिकामा निर्माण कार्यको आएको बजेट अनुसार काम भयो, भएन सबैले विकास कामको अनुगमन गर्नु जरुरी छ ।
उपाध्यक्ष अन्सारीले भनिन काम राम्रो होस, समय मै सकियोस भनेर अनुगमन थालेको हौं । गाउँपालिकामा क्षेत्रमा विकास निर्माणको अनुगमन गर्ने र टोल टोलमा गएर जनता संग भेटेर विकास निर्माणका कामको बारेमा भईरहेको गतिविधिको बारेमा जानकारी लिने, जनताको समस्या सुन्ने र समाधान गर्ने गरेको उपाध्यक्षले बताइन ।

अनुगमनको क्रममा बुधबार वडा नम्बर ४ , ५ र ६ अन्तर्गत विद्यालय , मदर्शा , मस्जिद र बाटाे अनुगमन गरिएकाे हाे।
गाउँपालिका क्षेत्र भित्र निर्माणधिन अवास्थामा रहेको योजनाको अनुगमन गर्दा विकास निर्माणले गती लिएको पाईएको छ् ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

