नवलपरासी , ८ असार
पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकाले १२ औं गाउँसभा सम्पन्न गरेको छ । पालिकका अध्यक्ष उमेश चन्द्र यादवको सभाअध्यक्षयतामा र प्रतिनिधिसभा सदस्य सांसद हृदयेश त्रिपाठीको प्रमुखअतिथ्यतामा बुधबारका दिन भएको १२ औं गाउँसभामा कृषि र शिक्षा क्षेत्रलाई प्राथमिकता राख्दै पालिकाले आफ्नो नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ।
गाउँसभामामा ‘किसानको उन्नती, प्रतापपुरवासीको प्रगति’ र “हाम्रो इच्छा,प्रतापपुरमा प्राविधियुक्त बहुआयामिक शिक्षा”भन्ने मुल नाराका साथ कृषि र शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखेर पालिका अध्यक्ष उमेशचन्द्र यादवले बुधबार नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन्।
कार्यक्रममा पालिका उपाध्यक्ष मान कुमारी चौधरीले स्वागत मन्तव्य राख्दै गाउँपालिकाले ल्याएको निति तथा कार्यक्रमलाई कार्यन्वयन गर्न सबैको सहयोग अपरिहार्य रहेको जोड दिनुभयो ।
गाउँसभाको उद्द्घाटनगर्दै प्रतिनिधिसभा सदस्य सांसद हृदयेश त्रिपाठीले स्थानीय सरकार संघीयताको उपलब्धि भएकोले जनताका आवश्यकतालाई जोड दिएर काम गर्नुपर्ने बताउनु भयो ।
निति तथा कार्यक्रमलाई समेटदै भोलि बिहीबार प्रतापपुर गाउँपालिकाले अगामी बर्ष ०७९/०८० को लागि बजेट प्रस्तुत गर्ने जनाएको छ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

