उत्तमकुमार थापा /साईपाल
साईपाल गाउँपालीकाकाे जडिबुटी सम्वन्धि कार्यशाला गाेष्ठी सम्पन्न भएको छ ।
जडिबुटीकाे प्रवल सम्भावना भएको यस गाउँपालीकाकाे जडिबुटी लाई कसरी व्यावस्थापन गर्न सकिन्छ,यसकाे व्यावस्थापन यसवाट हुन सक्ने फाईदा बेफाइदा बारे जनसमुदायलाई सचेतता जगाएकाे थियाे । सभाहलमा सञ्चालन भएको कार्यक्रममा साईपाल गाउँपालीका अध्यक्ष मानविर बाेहराकाे अध्यक्षतामा सुरु भएको कार्यक्रमका प्रमुख अतिथि निर्वतमा अध्यक्ष राजेन्द्र बहादुर धामी बिशिस्ट अतिथि गाउँपालीका उपाध्यक्ष डाेल्मा तामाङ बिशिस्ट अतिथि निमित्त प्रमुख प्रशासकीय अधिकृत राधाकृष्ण जाेशी पत्रकार स्थानीय बासी लगाएत उपस्थिति रहेकाे थियाे ।
बझाङ जिल्लाकाे ३२३५किलोमिटर भू भाग रहेकाेमा १४६७ वर्ग किलोमिटर साईपाल गाउँपालीकाकाे रहेकाे छ । गाउँपालीकाले जिल्लाकाे आधा भाग रहेकाेमा यस क्षेत्रमा प्रवल जडिबुटी रहेकाे पाईन्छ । कार्यक्रममा साईपालका ईन्जिनियर तिलक विकले कार्यक्रमकाे सहजिकरण गर्नु भएको थियाे स्वागत मन्तव्य ईश्वर बाेहराले राख्नु भएको हाे । कार्यक्रम सञ्चालन दिपक बाेहराले गर्नुभएको थियाे ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

