आजको राशिफल – Aajako Rashifal

२०७७ मंसिर १७ गते, बुधवार, २ डिसेम्बर २०२०। मार्ग कृष्णपक्ष, द्वितीया तिथि (१७:१२ बजेदेखि तृतीया), मृगशिरा नक्षत्र (१०:३० बजेदेखि आर्द्रा), चन्द्रराशि– मिथुन।
उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) ९८४१३५२१६४
मेष – ARIES
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
प्रयत्न गर्दा विश्वास नलागेको काम समेत बन्न सक्छ। छोटो समयमा राम्रो उपलब्धि हातपार्न सफल भइनेछ। स्रोत-साधन जुट्नाले गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। लाभांश बढ्नाले दैनिकीमा परिवर्तन आउनेछ। रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ।

वृष – TAURUS
इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
काममा राम्रो सुरुवात हुनेछ तर अन्त्यमा सोचेजस्तो नतिजा नआउन सक्छ। धेरै बोल्दा गोपनीयता बाहिरिन सक्छ। विभिन्न अवसर प्राप्त हुनेछन् तर काम पूरा गर्न समय लाग्नेछ। आलोचकहरूलाई व्यवहारले समेट्ने प्रयास गर्नुहोला। शुभचिन्तकहरूको साथ भने पाइनेछ। लगनशीलताले मात्र संकल्प पूरा गर्न सकिनेछ। प्रयत्न गर्दा प्रतीक्षा गरिएको काम बन्न सक्छ।

मिथुन – GEMINI
का, कि, कु, घ, ङ, छ, के, को, ह
आफ्ना कमजोरीमाथि टिप्पणी हुने समय भएकाले बोली-व्यवहारमा सजग रहनुपर्ला। केही गुमाउनुपरे पनि लेनदेन, सरसापट र वादविवाद सुल्झाउने समय छ। शुभचिन्तकहरूको साथ जुट्नाले चिताएका काम सम्पादन हुनेछन्। प्रक्रिया दोहोर्याउनुपरे पनि अन्तत: आफैंलाई फाइदा हुनेछ। व्यापारमा लाभ हुनेछ। बिछोडिएका आफन्तसँग भेटघाट हुनेछ।

कर्कट – CANCER
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
आकस्मिक खर्च बढ्नाले अर्थ अभाव देखापर्न सक्छ। लगानी बढाउनुपर्ने बाध्यात्मक परिस्थिति आउन सक्छ। आक्षेप लगाउनेहरू सक्रिय हुनेछन् भने सहयोग गर्नेहरू कमै भेटिनेछन्। बेलैमा होस नपुग्नाले चुनौतीसमेत आइलाग्न सक्छ। शुभचिन्तकहरू समेत टाढा हुने समय छ। धेरै लगानी गर्दा कममात्र फाइदा हुनेछ। अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला।

सिंह – LEO
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
परिश्रम परे पनि कम प्रतिफलमा चित्त बुझाउनुपर्ला। आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। तर आफ्नो मिहिनेतबाट अरूले फाइदा उठाउने कोसिस गर्लान्। आम्दानी भए पनि फजुल खर्च बढ्नाले अर्थ अभाव देखा पर्नेछ। अपिरिचित व्यक्तिको विश्वास गर्दा धोका हुन सक्छ। सापटी रकम फिर्ता लिन मुस्किल पर्नेछ। उपलब्धिका लागि केही समय प्रतीक्षा गर्नुपर्ला।

कन्या – VIRGO
टो, प, पि, पु, ष, ण, ठ, पे, पो
पुराना कामको चर्चा हुनेछ भने नयाँ अवसर पनि प्राप्त हुनेछ। विशेष भेटघाटले उत्साह जगाउनेछ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। कीर्तिमानी काम गर्ने समय छ। साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ। मेहनतले नाम, दाम र इनाम दिलाउन सक्छ। सामाजिक दायित्व बढ्नेछ। भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्नेछ। व्यापारमा फाइदा हुनेछ।

तुला – LIBRA
र, रि, रु, रे, रो, ता, ति, तु, ते
धेरै कामको दायित्व लिनाले बढी परिश्रम गर्नुपर्ला। तापनि प्रयत्न गर्दा आंशिक लाभ हुनेछ। विभिन्न अवसरले पछ्याउनेछन् भने दिगो काममा जग बसाउने मौका छ। उपलब्धिको स्रोत प्राप्त हुनेछ भने व्यवसायमा पनि सामान्य फाइदै हुनेछ। तर, बेलैमा होस नपुग्नाले चुनौतीसमेत आइलाग्न सक्छ। शुभचिन्तकहरू टाढा हुनेछन्। धेरै लगानी गर्दा कममात्र फाइदा हुनेछ।

वृश्चिक – SCORPIO
तो, ना, नि, नु, ने, नो, या, यि, यु
परिबन्धले अप्ठ्यारो स्थिति निम्त्याउन सक्छ। सम्भावना देखिए पनि सोचेको उपलब्धि प्राप्त नहुन सक्छ। कामको चाप बढ्नेछ भने शरीरमा कमजोरी तथा आलस्य अनुभूति हुनेछ। स्वास्थ्यका लागि व्यायाम तथा आहारविहारमा ध्यान पुर्याउनुहोला। प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ला। गोप्य सूचना बाहिरिनाले पनि समस्या पर्न सक्छ।

धनु – SAGITTARIUS
ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
घुमफिर तथा मनोरञ्जनमा समय बित्नेछ। भेटघाटमा अलमलिनुपर्ला। लोकाचारका लागि दिन खर्चिलो बन्न सक्छ। तापनि व्यवसायले रमाइलो यात्रा गर्ने अवसर दिलाउन सक्छ। प्रियजनसँग भेटघाट हुनुका साथै आतिथ्यपूर्ण सम्मान प्राप्त हुनेछ। मिहिनेत गर्दा महत्त्वाकांक्षी काम सम्पादन हुनेछ। केही रकम रोकिए पनि व्यापारमा मनग्गे धनलाभ हुनेछ।

मकर – CAPRICORN
भो, ज, जि, खि, खु, खे, खो, गा, गि
लगनशीलताले अप्ठ्यारा परिस्थितिलाई समेत सहज बनाउन सकिनेछ। भौतिक साधन जुट्नाले दिन उत्साहजनक रहनेछ। शत्रुभाव राख्नेहरू स्वयं कमजोर हुनेछन्। बुद्धिको उपयोगले अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ। दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ। लामो यात्राको प्रक्रिया अघि बढ्नेछ। मिहिनेतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ।

कुम्भ – AQUARIUS
गु, गे, गो, सा, सि, सु, से, सो, द
लक्ष्यअनुसार काममा जुट्न नसकिए पनि प्रयत्न गर्दा चिताएका काम सम्पादन हुनेछन्। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। सहपाठीहरू पछि पर्नेछन्। मिहिनेतले प्रतिष्ठित काम सम्पादन गर्ने मौका दिलाउनेछ। व्यापारमा धेरै फाइदा नभए पनि पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्नेछ। सन्तान वा अनुयायीको साथले उत्साह जगाउनेछ।

मीन – PISCES
दि, दु, थ, झ, ञ, दे, दो, च, चि
बेसुरमा वचन दिने बानीले समस्या निम्त्याउनेछ। साझेदारीमा पहिलेको सम्झौता भंग हुन सक्छ। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्दा लाभ हुनेछ। अरूको सुझावमा भर नपर्नुहोला। परिवारजनको सहयोग लिँदा राम्रो हुनेछ। घरमा लक्ष्मी भित्र्याउने समय छ। मेहनत गर्दा पछिलाई फाइदा हुनेछ। आफ्ना महत्त्वाकांक्षी योजना तत्काल सार्वजनिक नगर्नुहोला।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot