बुबा हजुर ले ठूलो गल्ती गर्नु भयो ! म बरालिएर हिड्दा हजुर ले जिम्मेवारि के हो सिकाउनु भयो आमा हजुर ले ठूलो गल्ती गर्नु भयो ! म कसै सङ्ग झगडा गर्न खोज्दा मलाइ झगडा गर्न नदिएर स्कुल पढाउने गुरुबा हजुर ले ठूलो गर्नु भयो ! मैले चोर्न खोज्दा तपाईं ले सम्झाइ बुझाइ चोर्नु हुदैन भन्नुभयो र पढेर ज्ञानि बन्नुपर्छ भन्नुभयो । दाइ हजुर ले ठूलो गल्ती गर्नु भयो । म सानो छदा कसैलाइ हेपेर बोल्दा तपाईं ले सम्झाइ बुझाइ माया गर्नु भयो । यदि मैले त्यो काम निरन्तर गरेको भए म पनि आज नेता बन्थे । म पनि आज नेता हुन्थे होला मेरा बाबुआमले मलाई पढ्न नपठाएको भए,झुटको खेति गर्न सिकाएको भए,कमिसनको सपना देखाएको भए मलाइ नेता बन्न नदिन मेरो आफन्त को ठूलो हात छ । नत्र म अनि एक असल नेता बन्थे । लुट्थे ,कुट्थे,थर्काउन्थे , म पनि एक असल नेता हुन्थे । -रोशन खड्का राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।