२०७९ वैशाख २४ गते, शनिवार, ७ मे २०२२। वैशाख शुक्लपक्ष षष्ठी तिथि, ११ः४४ बजेदेखि सप्तमी। पुनर्वशु नक्षत्र, प्रातः ९ः४० बजेपछि तिष्य। चन्द्रराशि– कर्कट। उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) ९८४१३५२१६४ मेष – ARIES चु, चे, चो, ला, लि, लु, ले, लो, अ अवसर प्राप्त भए पनि तत्काल फाइदा हेर्दा परिस्थिति बिग्रन सक्छ। मिहिनेतले समस्या सुल्झनेछन्। पहिलेका कमजोरी सुधार गर्ने अवसर प्राप्त हुनेछ। कृषि तथा पशुधनबाट लाभ मिल्नेछ। टाढिएका आफन्त नजिकिन सक्छन्। पुरानो सम्झौता भंग हुन सक्छ। शुभचिन्तकहरूलाई साथ लिएर काममा जुट्नुहोला, महत्त्वाकांक्षी योजना प्रारम्भ हुने समय छ। वृष – TAURUS इ, उ, ए, ओ, बा, बि, बु, बे, बो बेलामा होस नपुर्याउँदा केही समस्या झेल्नुपर्ला। परिस्थितिले सोचेभन्दा फरक मोड लिन सक्छ। लेनदेन तथा हिसाबकिताबमा होसियार रहनुहोला। सहयोगीहरूले हात झिक्नाले समस्यामा परिनेछ। सञ्चित रकम खर्चनुपर्ने आवश्यकता पर्न सक्छ। अग्रजहरूको सहमति नजुट्नाले काम रोकिन सक्छ। दिगो काम प्रारम्भ गर्न केही समय पर्खनुपर्ने देखिन्छ। मिथुन – GEMINI का, कि, कु, घ, ङ, छ, के, को, ह सेयर तथा लगानीबाट लाभ मिल्नेछ। बौद्धिक कार्यबाट पनि दिगो फाइदा उठाउन सकिनेछ। सुखद् समाचारले उत्साह जगाउनेछ। मिहिनेतले सम्मानित स्थान दिलाउन सक्छ। अध्ययनमा प्रगति हुनेछ भने ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ। दिगो काम प्रारम्भ गर्ने समय छ। प्रेम र मित्रताको बन्धनसमेत कसिलो हुनेछ। व्यवसायमा मनग्य धनलाभ हुनेछ। कर्कट – CANCER हि, हु, हे, हो, डा, डि, डु, डे, डो रमाइलो भेटघाट तथा खानपानकाे आनन्द प्राप्त हुनेछ। तारिफयाेग्य कामले प्रशंसा एवं ख्याति बढ्नेछ। सफलताकाे अनुभवले थप उत्साहित भइनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरूले हाैसला जगाउनेछन्। पहिलेका कमजोरी सुधार गर्दै पछिका लागि याेजना बनाउने समय छ। नयाँ पहिरनले व्यक्तित्व निखार्ने अवसर पनि प्राप्त हुनेछ। सिंह – LEO मा, मि, मु, मे, मो, टा, टि, टु, टे अर्थअभाव खट्किए पनि आवश्यक पर्दा सरसापट वा कर्जामार्फत धन जुट्नेछ। विदेश भ्रमणका लागि प्रयत्न गर्ने समय छ। अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला। दोहोर्याएर प्रयत्न गर्दा रोकिएको काम बन्नेछ। टाढाका साथीभाइले काममा साथ दिनेछन्। तर, पछिका लागि केही वस्तु त्याग्नुपर्ला। केही खर्च बढ्नेछ भने व्यवसायमा लगानी बढाउनुपर्ला। कन्या – VIRGO टो, प, पि, पु, ष, ण, ठ, पे, पो प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। मिहिनेत गर्दा दिगो फाइदा हुने काममा जग बसाउने मौका छ। आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। पहिले गरेका कामबाट प्रशस्त लाभ हुनेछ। आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ। कृषि, पशुपालन तथा व्यापारमा प्रशस्त फाइदा हुनेछ। चल-अचल धनको उपयोगबाट मनग्य फाइदा उठाउन सकिनेछ। तुला – LIBRA र, रि, रु, रे, रो, ता, ति, तु, ते आँटले काम लिन नसक्दा पछि परिनेछ। तत्कालको फाइदा हेर्दा पछिलाई समस्या होला। कामको तालमेल नमिल्दा योजना अधुरै रहनेछ। ईर्ष्या गर्नेहरू सक्रिय रहनेछन् भने अवसरवादीहरूले आफ्ना कमजोरीको फाइदा उठाउने चेष्टा गर्नेछन्। अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्ला। सानातिना काममै अल्झनुपर्नेछ भने पहिलेका समस्या दोहोरिन सक्छन्। वृश्चिक – SCORPIO तो, ना, नि, नु, ने, नो, या, यि, यु प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। चुनौतीहरू पन्छाउँदै चिताएको काम बनाउन सकिनेछ। रोकिएका काम सम्पादन हुनेछन् भने मिहिनेतले लक्ष्यमा पुर्याउनेछ। सानो प्रयत्नले धेरैको भलाइ गर्न सक्छ। महत्त्वपूर्ण कामको जग बसाउने समय छ। समाजमा तारिफयोग्य काम गर्दै राम्रो उपलब्धि हातपार्न सकिनेछ। लगनशीलताले सम्मानित स्थान दिलाउनेछ। धनु – SAGITTARIUS ये, यो, भ, भि, भु, ध, फा, ढ, भे पहिलेका समस्या दोहोरिनाले उत्साहमा कमी आउला। गोपनीयता बाहिरिनाले समस्या पर्न सक्छ। स्वास्थ्यमा निकै नै ध्यान पुर्याउनुहोला। सानातिना काममा अल्झनुपर्दा ठूलो काम रोकिन सक्छ। आशा देखाउनेहरूको भरपर्दा धोका पाइएला। खर्च बढ्नाले अर्थ अभाव महसुस हुनेछ। आफ्ना कमजोरीको फाइदा अरूले उठाउने चेष्टा गर्ने हुँदा सजग रहनुहोला। मकर – CAPRICORN भो, ज, जि, खि, खु, खे, खो, गा, गि बेसुरमा दिएको वचनले समस्या निम्त्याउन सक्छ। परिवेश उल्लासमय रहे पनि जीवनशैली व्यस्त रहनेछ। मनोरञ्जनमा अलमलिँदा लक्ष्यमा पुग्न विलम्ब हुनेछ। परिस्थिति अनुकूल रहे पनि भौतिक सुविधाले खर्च निम्त्याउन सक्छ। बलभन्दा बुद्धिको उपयोगले धेरै समस्या सुल्झाउन सकिनेछ। सुन्दर पहिरनका साथ व्यक्तित्व निखार्ने अवसर प्राप्त हुनेछ। कुम्भ – AQUARIUS गु, गे, गो, सा, सि, सु, से, सो, द वैधानिक प्रावधानले लक्ष्यमा पुग्न अप्ठ्यारो पार्नेछ। अधिकार सुरक्षा गर्न जुट्नुपर्नेछ। केही चुनौतीहरू देखिनेछन्। काममा सोचेको फाइदा उठाउन नसकिएला। प्रतिस्पर्धी बढ्नाले समस्या थपिएलान्। चिताएका काममा बाधा पुर्याउनेहरू प्रशस्तै हुनेछन्। अप्ठ्यारो परिस्थिति सामना गर्नुपर्ला। फजुल खर्चका साथै ठगीमा परिने योग भएकाले होसियार रहनुहोला। मीन – PISCES दि, दु, थ, झ, ञ, दे, दो, च, चि प्रयत्न गरेका काम सजिलै सम्पादन हुनेछन्। अध्ययनमा राम्रो उपलब्धि हासिल गर्न सकिनेछ। बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ। प्रतिष्ठित काम सम्पादन गर्ने मौका छ। सेवामूलक कामबाट धनलाभ हुनेछ। स्वास्थ्य सबल रहनेछ। पशुपालन तथा कृषि क्षेत्रबाट पनि राम्रो लाभ मिल्नेछ। सन्तान वा अनुयायीले राम्रो साथ दिनेछन्। फाइदाको स्रोत पहिल्याउन सकिनेछ। राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।