Rashtriya Dainik

म्यादी प्रहरीमा भर्ना खुलेसंगै भर्ना हुनका लागि नवलपरासीमा युवाहरुको भीड बढ्दै

राष्ट्रिय दैनिक / नवलपरासी , ६ चैत

बैशाख ३० गते हुने आसन्न स्थानीय तह निर्वाचनका लागि आजदेखि देशभर नै म्यादी प्रहरी भर्ना खुलेसंगै भर्ना हुनका लागि युवाहरुको भीड बढेको छ ।

पश्चिम नवलपरासीमा म्यादी प्रहरीमा भर्ना हुनका लागि युवाहरु बिहान ८ बजेदेखि जिल्ला प्रहरी कार्यालय नवलपरासी अगाडि लाइन बसेका छन्।

भर्ना हुनका लागि पुरुषसँगै महिलाको सहभागिता पनि उल्लेखनीय देखिएको छ । जिल्लामा ७ स्थानीय तह छन् । त्यहाँ खटाउन १ हजार २९ जना म्यादी प्रहरी भर्ना गर्न लागिएको प्रहरी उपरीक्षक मनोजकुमार यादवले जानकारी दिए ।

भर्नाका लागि १८ वर्ष पूरा भई ५४ वर्ष ननाघेको हुनुपर्नेछ । ११ गतेसम्म आवेदन दिन पाइने छ। भर्नामा देश तथा छिमेकी राष्ट्रका अवकाश प्राप्त पूर्वसुरक्षाकर्मी, वन रक्षक र विगतका निर्वाचनमा म्यादी प्रहरी रहेकालाई प्राथमिकतामा राखिएको छ । १५ गतेदेखि भर्ना छनौट हुनेछ । छनौटपछि आधारभूत तालिम दिइ निर्वाचनमा खटाइने प्रहरी उपरीक्षक यादवले बताए ।

स्थानीय निर्वाचनमा जिल्लामा कुल २ लाख ४५ हजार ८ सय ७३ मतदाता रहेको निर्वाचनका लागि जिल्लामा १ सय २१ मतदान स्थल तोकिएको निर्वाचन कार्यालयका सूचना अधिकारी निश्चल मोक्तानले जानकारी दिनुभएको छ ।

४० दिन निर्वाचनको काममा खटाइने म्यादी प्रहरीलाई ४३ हजार ४ सय ४० रुपैयाँ दिइने छ । जसमा तलबबापत ३० हजार २ सय ४०, खाद्यान्नबापत ७ हजार २ सय र पोशाक तथा अन्य सामान खरिदका लागि ६ हजार तोकिएको छ । त्यसबाहेक आउने जाने तयारीबापत १ हजार उपलब्ध गराइने छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित