Rashtriya Dainik

खडवाबनगाइ स्वास्थ्य चौकिमा निशुल्क विशेषज्ञ स्वास्थ्य शिविर

तुलसी राम पौडेल
शुद्दोधन , चैत्र ५
रुपन्देहीको शुद्दोधन गाउपालिका -२ भुजौली स्थित ख – बनगाई स्वास्थ्य चौकीमा एक दिवसीय निशुल्क विशेषज्ञ स्वास्थ्य शिविर शनिबार सम्पन्न भयो। नेपाल प्रहरी अस्पताल महाराजगन्ज काठमाडौको आयोजना एवं शुद्दोधन गाउपालिकाको सहयोग र समन्वयमा कार्यक्रम सम्पन्न भएको हो।।नेपाल सरकारका गृहमन्त्री बालकृष्ण खाडले उक्त शिविरको एक कार्यक्रमका बीच उदघाटन गर्नु भयो ।सो अवसरमा उहाले शुद्दोधन गाउपालिकाको समग्र विकासको लागि आफ्नो महत्त्वपूर्ण भुमिका रहने बताउनु भयो ।
शिविरमा ६ २५ जनाले स्वास्थ्य परिक्षण गराएका थिए ।
शुद्दोधन गाउपालिका अध्यक्ष किसुनचन्द चौधरीको अध्यक्षता, प्रमुख प्रशासकीय अधिकृत झविलाल भट्टराईको स्वागत मन्तव्य रहेकोे कार्यक्रममा नेपाल प्रहरीका डिआइजी प्रकाश अधिकारी ,शुद्दोधन -२ का वडा अध्यक्ष बिष्णु प्रसाद बस्याल लगायतले शुभकामना मन्तव्य दिनुभएको थियोे ।कार्यक्रमको संचालन स्वास्थ्य चौकी इन्चार्ज मदन पोख्रेलले गरेका थिए ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित