पुरन अधिकारी ,पश्चिम नवलपरासी
यु ए ई मा कार्यरत नवलपरासीका आप्रवासीहरुले अाफ्नो क्षेत्रमा परेका विभिन्न समस्याहरुमा हातेमालो गर्दै अार्थिक रकम सहयोग गर्दै अाइरहेका छन।विगतका दिनमा विधालयमा शैक्षिक सामाग्रीहरु ,कोरोना र घातक रोग विरुद्ध लड्दै अाएका गरिब र अशक्तहरुलाई अार्थिक सहयोग गर्दै अाइरहेको नवलपरासी सेवा समाज यु ए ई ले सरावल गाउँपालिका वडा न.१ कि ४० वर्षिय मृगौला पिडित मन कुमारी सार्कीलाई उपचारका लागि सहज होस् भन्दै पच्चीस हजार नगद सहयोग गरेका छन्।
सरावल गाउँपालिका वार्ड न.१ का अध्यक्ष भेष नारायण चौधरीको प्रमुख अातिथ्यता एवं नवलपरासी सेवा समाज यु ए ई का महासचिव कृण्ण प्रसाद बास्तोलाको अध्यक्षतामा मृगौला पिडितलाई अार्थिक रकम सहयोग कार्यक्रम सरावलमा सम्पन्न भएको हो ।सो कार्यक्रममा नवलपरासी सेवा समाजका नेपाल प्रतिनिधि एवं आप्रवासी परिवार हकहित मञ्च सुनवलनगरका अध्यक्ष युवराज पुन मगर सास्कृतिक विभाग प्रमुख शान्ति ढकाल सदस्यहरु कृण्ण प्रसाद तिवारी ,गोरे राना आप्रवासी परिवार हकहित मञ्च सरावलगाउपालिका अध्यक्ष जवाहिर केवट लगायतको उपस्थिति रहेको थियोे ।
वास्तविक पिडितको सहि पहिचान गरि पिडितको घरमै गई अार्थिक रकम सहयोग गरेकोमा प्रमुख अतिथि वडा अध्यक्ष भेष नारायण चौधरीले संस्थाको कार्यको खुलेर प्रशसा गर्नुभएको थियोे भने बोल्ने वक्ताहरुले संस्थाको सहयोगी भावनाको कदर गर्दै अगामी दिनमा समेत यस्ता कार्यले निरन्तरता पाअोस् भन्ने कामनाका साथै बैदेशिक रोजगारी र यसका जोखिमका बारेमा समेत प्रष्ट पारेका थिए।कार्यक्रममा अध्यक्ष बास्तोलाले विपदमा पर्दा या रोजगारका शिल-शिलामा देश वा विदेशमा समस्या परे अाफु र अाफ्नो संस्था सहयोगका लागि सदैव तत्पर रहेको समेत बताउनु भयो ।स्थानीयले समेत पिडितलाई सहयोग भएको सराहनीय रहेको बताएका उक्त कार्यक्रमको संचालन सगरमाथा युवा क्लबका अध्यक्ष तोपेन्द्र प्रसाद न्यौपानेले गर्नुभएको थियो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

