Rashtriya Dainik

होली महोत्सव कायक्रम एवम् नशा मुक्ति आन्दोलन संचालन

ज्ञानेश्वर साहनी /परासी/ ५ चैत्र ।

रंगहरुको पर्व होलीको अवसरमा अखिल बिश्व गायत्री परिवार प्रज्ञा मण्डल सनईको आयोजनामा होली महोत्सव कार्यक्रम दुब्र्यसन मुक्तिमा कार्यक्रम एवम नशा नशा मुक्ति आन्दोलन संचालन भएकाे छ ।

पाल्ही नन्दन गाउँपालिका वडा न.६ सनई ठाउँका स्थानीय समाजसेवी र युवाहरुको सहकार्यमा कार्यक्रम शुक्रबार १० बजेदेखि सुरू भएको स्थानीय समाजसेवी सन्दिप यादवले जनकारी दिनु भएको थियो ।

कार्यक्रम पाल्ही नन्दन गाउँपालिका वडा न.६ मा पर्ने सनई गाउँमा संचालन गरिएको हो । होली महोत्सव कार्यक्रममा गायत्री समाज सनईका अध्यक्ष राम निवास सहानीको अध्यक्ष्ातामा कार्यक्रम संचालन भएको थियोे भने गायत्री समाज जिल्ला प्रचार प्रतिनीधीका उमाशकरको प्रमुख अतिथिको , पाल्ही नन्दन गाउँपालिका वडा न.६ का वडा अध्यक्ष कृष्ण चन्द्र यादव को विशिष्ट अतिथिकारुप मा कार्यक्रम संचालन भएको हो ।

होली महोत्सव कार्यक्रम दुब्र्यसन मुक्तिमा कार्यक्रम एवं नशा नशा मुक्ति आन्दोलन कार्यक्रम लाई सफल बनाउन को लागि गायत्री समाज सनई दिपक प्रसाद चाैधरी , मुनीव सहानी र कैलाश सहानी लगायतको उपस्थिति रहेको थियो

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित