बिनोद निगम / ५ फागुन / नवलपरासी
तराईको पश्चिम नवलपरासीको विभिन्न स्थानमा शुक्रबारको दिन हर्षोल्लोसका साथ रंग अविर लगाएर होली पर्व मनाइएको छ ।
होली पर्वका अवसरमा गए राति ग्रामीण भेगका होली मण्डलीहरुले होरी, फगुवा, जोगिडा बिरहा गाएर होलीका दहन गरेका छन् ।
यसैगरी शान्ति, सद्भाव एवम् भाइचाराको सम्वन्ध विस्तार गर्ने यो पर्व मनाएका छन् ।
परासी,महेशपुरका विभिन्न चोकहरुमा युवाहरुको समूहले रमाईलो गर्दै एक आपसमा रंग अविर दलेर होली पर्व मनाएका हो ।

यसैगरी सामान्यता हिन्दूहरुले मनाउँदै आएको होली पर्व यस वर्ष शान्ति, सद्भाव र एकताको सन्देश दिँदै मनाएको छन् ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

