चैत ४, सुखड
रंगहरुको पर्व होलीको अवसरमा घोडाघोडी नगरपालिका ३ मा भेटघाट र शुभकामना आर्दन प्रदान कार्यक्रम आयोजना सम्पन्न छ ।
सोही ठाउँका स्थानीय समाजसेवी र युवाहरुको सहकार्यमा कार्यक्रम शुक्रबार १० बजेदेखि सुरू भएको स्थानीय समाजसेवी दिर्घ बहादुर बिष्टले बताए ।
कार्यक्रम घोडाघोडी नगरपालिका ३ मा पर्ने सुखडबाट भजनी जाने राजमार्गमा संचालन गरिएको हो ।होली विशेष कार्यक्रममा शुभकामना आर्दान प्रदान का साथै स्थानीय समाजसेवी को सहयोगमा सोही बाटो भै जाने सम्पुर्ण यात्रु लाई सर्बत पानी को समेत व्यवस्था गरिएको सोही ठाउँका स्थानीय डबल खडायतले बताए । विभिन्न रङ, अबिर र लोला खेलेर होली मनाउने परम्परा छ । आपसमा खुसी साटासाट गर्दै मनाइने यो पर्वको बेग्लै धार्मिक, साँस्कृतिक र सामाजिक महत्व रहेको छ । होली पर्वलाई मेलमिलाप र सदभावको पर्वको रुपमा पनि लिईन्छ । यसै अबसरमा संचालन भएको कार्यक्रम मा साथ दिन पाउँदा खुसी लागेको अर्का स्थानीय मेघ सिं धामी बताउँछन् ।
होली पर्व असत्यमाथि सत्यको विजय उत्सवको रूपमा रङ दलेर मनाउने गरिएको धार्मिक मान्यता छ । आसुरी शक्तिकी द्योतक होलीकालाई आगोले भष्म गरी सत्यवादी भक्त प्रल्हादको उद्धार भएको धार्मिक कथनसँग जोडेर यो पर्व मनाउने गरिएको छ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

