तुलसीराम पौडेल
फर्साटिकर, चैत ३
रुपन्देहीको बुटवल -१५ सेमलार स्थित गणेश ज्ञानज्योती पब्लिक हाइस्कुलमा होलिको शुभ अवसरमा विद्यार्थीहरुलाई पुरस्कार तथा सम्मान कार्यक्रम सम्पन्न गरिएको छ।
कार्यक्रममा विद्यालयमा प्रथम, द्वितीय र तृतीय विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको थियो।साथै विद्यालयका प्रथम उत्कृष्ट विद्यार्थी एवं अभिभावकलाई समेत सम्मान गरिएको थियो।
विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेम शर्मा काफ्लेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विद्यालयका प्राचार्य कुलराज शर्मा संचालक कृष्ण आचार्य र ममता पौडेल लगायतले शुभकामना मन्तव्य दिनुभएको थियो । विद्यालयका स प्रअ लेखनाथ पौडेलको स्वागत मन्तव्य रहेको कार्यक्रमको संचालन सप्रअ डोलराज खरेलले गर्नुभएको थियो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

