उत्तमकुमार थापा बझाङ
खप्तड छान्ना गाउँपालीकामा नागरिक आराेग्य सेवा केन्द्र स्थापना गरिएकाे छ ।
जिल्लाकाे खप्तड छान्ना गाउँपालीकामा रहेकाे पशलवगरमा एक कार्यक्रमका विच स्थापना गरिएको हाे । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र बझाङले खप्तड छान्ना गाउँपालीकालाई आयेर्वेदकाे आवश्यकता पर्ने भएकोले गाउँपालीकामा स्थापना गरिएको मिनराज पुरीले बताए । 
खप्तड छान्नाकाे स्वास्थ्य कार्यालय नजिकै राखिएको नागरिक आराेग्य जिल्ला आयुर्वेद कार्यालय बझाङका प्रमुख सुर्य उपाध्यायको अध्यक्षतामा सुरु भएको कार्यक्रमका प्रमुख अतिथि गाउँपालीका अध्यक्ष बर्क बहादुर राेकाया रहनु भएको थियाे ।
उद्घघाटन गर्दै गाउँपालीका अध्यक्ष राेकायाले भने गाउँपालीकाले गर्ने सबै सहयाेग गर्न तयारी रहेकाे आवश्यक पर्ने आर्थिक प्रतिवेदन तयार पारेर गाउँपालीकामा बुझाउन अनुराेध गरिएको थियाे । उहाले भन्नू भयाे । हाम्रो स्थानीय स्थरमा पाईने जडिबुटीहरुकाे सँग्रक्षेण सँगै यसको सदुपयोग गर्न पनि हुने बताउदै आयुर्वेदले बुढापाका सबैलाई राम्रो गर्ने गरेकाे बताउनु भएको हाे । कार्यक्रम सञ्चालन भने जिल्ला आयुर्वेदका कर्मचारी मिनराज पुरीले गर्नुभएको थियाे ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

