Rashtriya Dainik

सुस्ता ३ वडाअध्यक्ष सहित २ सय भन्दा बढी संख्यामा नेपाली काङ्ग्रेसमा प्रबेश

राष्ट्रिय दैनिक / नवलपरासी , ३ चैत

पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष राजकुमार महतो राप्रपाका परित्याग गरि नेपाली काङ्ग्रेसमा प्रबेश छन ।

नेपाली काङ्ग्रेस सुस्ता गाउँ कार्यसमितीले आयोजना गरेको “घर घर जाऔ,काङ्ग्रेस जिताऔ”अभियान अन्तर्गत कार्यकता भेटघाट,पार्टी प्रवेश तथा कार्यालय समुदघाटन कार्यक्रम अन्तर्गत वडा अध्यक्ष राजकुमार महतो सहित २ सय भन्दा बढी संख्यामा नेता कार्यकर्ता नेपाली काङ्ग्रेसमा प्रबेश गरेका हुन।

नेपाली काङ्ग्रेस सुस्ता गाउँ कार्यसमिती समिति सभापति रबिन्द्र जैसवालको सभापतित्व तथा केन्द्रिय प्रतिनिधि केन्द्रिय सदस्य मदन कृष्ण श्रेष्ठको प्रमुख आतिथ्यता एवं केन्द्रिय सदस्य मा.देवेन्द्र कण्डेलकाे विशिष्ट अातिथ्यतामा बिहीबार कार्यकता भेटघाट र पार्टी प्रवेश कार्यक्रम गरिएको हाे ।

कार्यक्रममा प्रदेश महामन्त्री बिक्रम खनाल ,संविधान सभा सद्स्य देवकरण कलवार ,नेपाली काङ्ग्रेस नवलपरासी सचिव उमेश चन्द्र यादव , जिल्ला सदस्य माेहन प्रसाद शर्मा , महासमिति सदस्य रम्भा कुवर ,काङ्ग्रेस नेता राधेश्याम चाैधरी लगाएत नेता कार्यकर्ताको उपस्थिति रहेको थियो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित