मुक्ति तिवारी / नवलपरासी , ३ चैत
पश्चिम नवलपरासीको सुनवल १३ मा निर्माण सम्पन्न २२० केभि न्यू बुटवल सबस्टेसनको एक कार्यक्रमबिच उद्धघाटन गरिएको छ ।

उर्जा जल श्रोत तथा सिचाई मन्त्री पम्फा भूसालले बिधुतिय सामाग्रिको बढि प्रयोग गरी बिधुत खपत बढाउन आग्रह गर्नुभएको छ । पेट्रोलियम पदार्थ र अन्य ईन्धनको मुल्य बृद्धि संगै आम उपभोक्तका लागि बिधुत सस्तो पर्ने बताउदै सबै क्षेत्रलाई बिधुत खपत बढाउन आग्रह गर्नुभएको हो । पश्चिम नवलपरासीको सुनवल १३ मा निर्माण सम्पन्न २२० केभि न्यू बुटवल सबस्टेसनको उद्धघाटन समारोमा बोल्दै मन्त्री भूसालले नेपालसँग भएको जलबिधुतको उत्पादन नेपालले मात्रै खपत गर्न नसक्ने हुदा अन्तराष्ट्रिय स्तरमा बिधुत निर्यात गरी नेपालले आर्थिक लाभ लिन सक्ने बताउनु भयो । कुल ग्राहक मध्ये २६ लाख ग्राहकलाई निशुल्क बिधुत उपलभ्द गराईएको मन्त्री भुसालले जानकारी दिनुभयो । मन्त्री भूसालले अबको २ बर्ष भित्रमा जलबिधुतको केन्द्रिय प्रसारण लाईन अन्तर्गतको बिधुत आपुर्ती सबै नेपालिका घरमा पुर्याई ग्रिड बढाउने मन्त्रालयको लक्ष्य रहेको बताउनु भएको छ । बिगतको अवस्थालाई हेर्दा जलबिधुत आयोजनाहरु शहर केन्द्रित भएकाले नेपालिले लामो समय सम्म लोडसेडिङको मार खेप्नु परेको उहाले बताउनुभयो । अन्तराष्ट्रिय स्तरमै पेट्रोलियम पदार्थको मुल्य बृद्धि भएकाले मुल्य घटबढको कुरा गरिरहनु नपर्ने उल्लेख गर्नुभयो ।

हामि सग ४३ हजार मेगावाट बिधुत उत्पादन भएपनि २१ हजार मेगावाट मात्रै प्रयोग भैरहेको छ मन्त्री भूसालले भन्नुभयो अहिले हामि सग चुलो देखि उधोग कलकारखाना सम्मलाई चाहिनेजति बिधुत छ तसर्थ यसको उच्चतम प्रयोग गरौ यो बिधुत ईन्धन भन्दा सस्तो छ ।पेट्रोलियम पदार्थ र ग्यासको मुल्य बृद्धि भएसगै यसको बिकल्पको रुपमा सस्तो मुल्यमा बिधुतिय साधनको प्रयोग गर्न सकिने उहाले उल्लेख गर्नुभयो ।

त्यसै गरी कार्यक्रमा बोल्दै नेपाल बिधुत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नवलपरासी शतप्रतिशत बिधुतिकरण भएको जिल्ला रहेको बताउनुभयो । निर्माण सम्पन्न भएको उक्त सबस्टेशनबाट बिधुत प्राप्त गर्नुपर्ने स्थानियको मागलाई सम्बोधन गरिने घिसिङले बताउनुभयो । यहाँका स्थानिय र उद्योगहरुलाई बिधुत बितरणकालागि ३३÷११ केभिको सबस्टेशन निर्माणको चरणमा रहेको घिसिङले जानकारी दिनुभयो । नेपाल सरकार, नर्वे सरकार र ऐसियाली बिकास बैंकको अनुदान तथा क्रण सहयोगमा २०१७ को नोभेम्बर र्मिाण सुरु गरिएको सबस्टेशन करिब १ अर्ब ५ करोडको लागतमा २३ नोभेम्बर २०२१ मा सम्पन्न गरिएको थियो । सब स्टेशन निर्माणको जिम्मा ईन्डियन कम्पनी टाटा प्रोजेक्ट लिमिटेडलाई दिईएको थियो ।


राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

